Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भ्यान दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

Published on 6:38:00 PM //


गुल्मी, जेठ १३ । गुल्मीको विरवासमा सोमबार भएको भ्यान दुर्घटनामा परी मर्नेको सँख्या तीन पुगेको छ। पाल्पाको मिसन अस्पतालमा उपचार भईरहेका पल्लीकोट गाविस २ की ३५ वर्षीया विनिता थापाको उपचारकै क्रममा मंगलबार मृत्यु भएको छ ।
सदरमुकाम तम्घासबाट भारतीय सेनाको पेनसन बुझी घरतर्फ फर्किदै गरेकाहरु विरबास बजार नजिकै दुर्घटनामा परेका थिए । सदरमुकामबाट विरवासतर्फ गईरहेको लु १ च २२१२ नं. को भ्यान दुर्घटना हुँदा पल्लीकोट गाविस २ का ७५ वर्षीया टोपली सोमरे र सोही स्थानकै ६५ वर्षीया इन्द्रकला सोमरेको सोमबार घटना स्थलमै मृत्यु भएको थियो । घाइतेहरु विरवास गाविस ८ का गाडी चालक ३५ वर्षीय देवप्रसाद खनाल र सोही स्थानकै ३५ वर्षीया इन्द्रकला थापाको गम्भीर अवस्थामा मिसन अस्पताल पाल्पामै उपचार भइरहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग