Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पासपोर्ट वनाउन आएका चार जना महिलाहरु पक्राउ

Published on 4:59:00 AM //


जनार्दन घिमिरे
गुल्मी, ४ जेठ । ललाई-फकाई विभिन्न प्रलोभन देखाएर राहदानी वनाएर विदेश लैजान खोजेको आशंकामा हिजो शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मीले चार जना महिलाहरुलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा अर्घाखाँची चिदिका घरभई हाल गुल्मीको मजुवा निवासी ३६ वर्षीय नजिरा मिहा, रुपन्देही देवदह गाविस २ निवासी २८ वर्षीय गिता विक, गुल्मी तुराङ् गाविस ५ निवासी २८ वर्षीय रिता विक, २७ वर्षीया मिना रजाली र ३५ वर्षीया कमला राना रहेका छन् । उनीहरुलाई राहदानी वनाउन लागेको अवस्था सोधविनको क्रममा जिल्ला प्रशासन कार्यालयवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गुरु विष्णु काफ्लेले वताउनु भएको छ । उनीहरु राहदानी वनाउन सदरमुकाम आएका छन् भन्ने वारेमा प्रशासनलाई दिएको सूचनाको आधारमा सोधपुछ गर्ने क्रममा शंकास्पद कुरा गरेपछि उनीहरु पक्राउ परेका हुन् ।  
चार जनामध्य नजिया मियाको मध्यस्थतामा राहदानी वनाउनकालागि रिता, मिना र कमलासँग पैसा नभएको भन्दै गिता विकलाई उनीहरुको सवै रकम राखिदिन भनेपछि गिता विकले उनीहरुको पैसा आफैले राखिदिएकि थिईन् । “राहदानी वनाएर कहाँवाट जाने हो ? भन्ने प्रश्नमा ती महिलाहरुको वम्वैवाट भन्ने उत्तर पुरा हुन नपाउँदै उनीसँगै रहेकि गिता विकले हैन हैन काठमाण्डौवाट जाने हो भन्ने उत्तर दिएपछि कुरा वाझिएको हुँदा शंका लागेर हामीले सोधपुछका लागि पक्राउ गरेको हौं”  प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले भन्नु भयो ।
राहदानी वनाउन आएका ति महिलाहरुले भने आफुहरु घर सल्लाहवाटै राहदानी वनाउन आएको जनाए पनि उनीहरुले पहिले वम्वैवाट जाने हो भनेको र अहिले प्रशासनमा पुग्दा काठमाण्डौवाट भनेपछि शंका लागेको हुनाले आफुहरुले अव राहदनी नवनाई घर र्फकने वताएको प्रहरीले जनाएको छ । उनीहरु चारै जनालाई अहिले सोधपुछको लागि प्रहरी हिरासतमा राखिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग