Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पसको नयाँ भवनको शिलान्यास

Published on 3:41:00 PM //

पि.एम.मगर
गुल्मी, जेष्ठ ०२ गते । धुर्कोट परमानन्द भण्डारी वहुमुखी क्याम्पस, धुर्कोट वस्तुको निर्माण गर्न लागिएको ८ कोठे भवनको विहीवार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । विश्व विद्यालय अनुदान आयोग यूसीसीको २५ लाख रुपैयाँ वरावरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको नेकपा एमालेका जिल्ला अध्यक्ष टोमलाल पाण्डेय, जग्गादाता ढुण्डीराज शर्मा भण्डारी र युवराज पाण्डेयले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै तिनै जना अतिथिहरुले भवन सम्पन्न गर्नका लागि सवै पक्षले आ–आफ्नो पक्षवाट सहयोग पु¥याउनुपर्नेमा जोड दिनुका साथै क्याम्पसको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा निर्माण समितिका अध्यक्ष केशवराज भण्डारी, सचिव युवराज भण्डारी, समितिका व्यवस्थापक मुकुन्द भण्डारी, गाविस सचिव ऋषिराम पाण्डेय, हिमालय उच्च माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक कृष्णप्रसाद भण्डारी, पाञ्चायन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकवहादुर श्रेष्ठ, क्याम्पसका स्ववियू सभापति नारायण पाण्डेय, सुपरभाईजर माधव भण्डारी, रेडियो रेसुङ्गाका प्रतिनिधी अर्जुन भण्डारी लगायत स्थानीय समाजसेवी, चन्दादाता, क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, संस्थापक सदस्य, शिक्षक विद्यार्थी सवैको उपस्थिति रहेको थियो ।
गुणस्तरीय तथा मापदण्ड अनुसार भवनको निर्माण गर्नतर्फ पुर्ण रुपमा ध्यान पु¥याउन आग्रह गर्दै मुल मिस्त्री धनवहादुर नेपालीलाई टिका तथा मालाले स्वागत तथा सम्मान गरिएको थियो । शुरुमा निर्माण हुन लागेको विद्यालयको घडेरीका विषयमा केही विवाद भएपनि अहिले भवन निर्माणका विषयमा कुनै विवाद नभएको समितिका अध्यक्ष केशवराज भण्डारीले वताउनुभएको पत्रकार अर्जुन भण्डारीले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग