Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृगौला फेल भएर स्वदेश फर्किएका परियारले उपचार खर्च पाएनन् (अडियो कुराकानी)

Published on 12:16:00 PM //


प्रेम सुनार
जेठ ३, गुल्मी ।  चरम गरिवीबाट मुक्त भईन्छ कि भन्ने सपना बोकेर ऋण काढेर कतार पुगेका छोराको किड्नी फेल भएर ६ महिनामै नेपाल फर्केपछि गुल्मी नेटा गाविसको भोटबहादुर परियार  छोराको उपचार खर्च जुटाउन नसकेर सहयोगको हात फैलाउँदै हिँडेका छन् । नेटा गाविस वडा नम्वर ७ निवासी भोटबहादुर परियारको सम्पत्तिका नाममा वास मात्रै छ । छोरा गोपालबहादुर परियार गत मंसिरमा कतार गएको र दुवै मृगौला फेल भएपछि चैत्रमा कम्पनीले फर्काईदियो ।
पैसा कमाएर ऋण तिर्न आउला भन्ने आसमा वसेका भोटबहादुर दम्पत्ति छोरा फर्के लगत्तै विर अस्पतालमा भर्ना भएपछि पुम्पुरो समाउने भए । भोटबहादुरले छोरालाई आफ्नै मृगौला दिएर बचाउन चाहन्छन तर प्रत्यारोपण गर्ने पैसा छैन । त्यसैले उनि गाविसमा सिफारिस बनाई सहयोगको हात फैलाउँदै हिँडेका हुन । प्रत्यारोपण गर्ने आठ दश लाख रुपैयाँ उनको घर वास बेचे पनि पुग्दैन । उनले छोरा गोपालको जिवन रक्षार्थ सवैसंग सहयोगको अपिल गरेका छन् ।
छोरा गोपाल यतिबेला विर अस्पतालमा भर्ना छन् । छोरालाई भेट्न पुगेका भोटबहादुर होटलमा बस्ने पैसा नभएर फर्किएका हुन् । सुनौ छोराको जिवन रक्षार्थ तड्पिएका उनै भोटबहादुरसंग गुल्मीन्युज सहकर्मी प्रेम सुनारले गरेको छोटो कुराकानी:


मोबाईलबाट सुन्न यहाँ क्लिक गर्नुहोला ।

Tags: ,

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग