Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१२ वर्षपछि फर्कियो नेपाल बैँकको शाखा

Published on 6:07:00 PM //


राम सुवेदी
बाग्लुङ, बैशाख ३ । बागलुङको बुर्तिबाङमा बाह्र वर्षपछि नेपाल बैंक शाखाको पुन:स्थापना भएको छ । शाखा पुनःस्थापनाका अवसरमा बैंकका व्यवस्थापन संयोजक महेश्वरलाल श्रेष्ठबाट उद्घाटन गरिएको छ । विगतमा २०३३ सालमा स्थापना भएको बुर्तिबाङ शाखा राजनैतिक द्वन्दका कारण २०५७ सालमा जिल्ला सदरमुकाम बागलुङमा विस्थापित हुन पुगेपछि यस क्षेत्रका जनताले सरकारी बैंकबाट प्राप्त हुने सेवा सुविधाबाट बञ्चित हुनु पर्ने अवस्था आएको थियो ।
जिल्लाको भौगोलिक विकटताले आफै पछाडि परेको बुर्तिबाङ क्षेत्रका जनता द्वन्द्वको पिडामा परेर धेरै दुःख त पाएकै हुन् त्यस सँगै राज्य निकायका कार्यालयहरु समेत आफ्नो पहुँच भन्दा टाढा भईदिंदा यस क्षेत्रका १७ गाउँ विकास समितिका जनता अर्को पिडा सहन बाध्य रहेको अवस्थामा पुन १२ वर्षपछि नेपाल बैंक शाखाको विधिवत उद्घाटन गरि सेवा पाउनेभएपछि प्रफुल्लित भएकाछन् ।
यसरी नेपाल बैंकको शाखा स्थापना भएपछि यस क्षेत्रका जनताले सरकारी वित्तिय सेवा अन्तरगत, विभिन्न विकास निर्माणमा आउने वजेटको निकासा, सरकारी कार्यालयमा कार्यरत निजामति कर्मचारीको तलव निकासा, गाउँ विकास समितिको कार्यालयबाट वितरण गरिने विभिन्न शीर्षका सामाजिक सुरक्षा अन्तरगतका भत्ता, विभिन्न स्वदेशी तथा विदेशी सरकारी निकायबाट सेवा निवृत भईबसेकाहरुका लागि दिलाईने पेन्सन लगायतका सेवा यस बैंकबाट पाउने भएकाछन् ।
औपचारिक कार्यक्रमको आयोजना गरि शाखा स्थापना भएको सन्देशसँगै बैंक पुनस्थापना कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल बैंक लिमिटेड केन्द्रिय कार्यालय शाखा व्यवस्थापन संयोजक महेश्वरलाल श्रेष्ठले , ‘विगतको ईतिहासमा नेपाल राष्ट्र बैंक स्थापना हुनु अघिका दिनमा समेत राज्य निकायको सरकारी बैंकको रुपमा सेवा प्रदान गर्दे आएको बताउँदै उक्त अवस्थामा यस बैंकले देशै भर २ सय ४३ शाखा व्यवस्थापन गर्दे गएको बताउनुभयो । देशमा द्वन्द्व सिर्जना भएपछि संकुचित हुँदै गएको नेपालबैंकले पुनः देश शान्ति सुव्यवस्था तर्फ फर्किपछि बुर्तिबाङशाखा ११६औं शाखाको रुपमा पुनस्थापित भएको बताए ।
त्यस्तै संयोजक श्रेष्ठले यस क्षेत्रका जनताले नोटकोष सहितको शाखा माग गरेको सन्दर्भलाई उठाउँदै सम्पूर्ण सरकारी कार्यालयले बैंकमा खाता सञ्चालन गरेको अवस्था आएमा त्यस तर्फ अवस्य माग पुरा हुने भन्दै त्यस अघि महालेखा परिक्षाण कार्यालय, नेपाल राष्ट्र बैंक, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका निकायसँगको सल्लाह आवश्यक रहेको बताएकाछन् । उता कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल राष्ट्र बैंकका निर्देशक नरेश ढकालले , भने ‘बैंकको शाखा स्थापना भएर मात्र नोटकोषको स्थापना हुन नसक्ने भन्दै आवश्यक पक्रिया अझै बाँकी रहेकाले ति आवश्यक पक्रिया पुरा गर्नका लागि नेपाल बैंक लिमिटेड बागलुङ शाखालाई जिम्मा दिइएको बताउँदै केहि समय लाग्ने बताएकाछन् ।
स्थानीय ९३ वर्षिय वयोबृध बलबहादुर घर्ति मगरको अध्यक्षता रहेको कार्यक्रमका अवसरमा बैक पुनस्थापना सहयोग समितिका संयोजक तथा बुर्तिबाङ गाउँ विकास समितिका सचिव नन्दराम भुसाल, बागलुङ उद्योग वाणिज्य संघ ईकाई बुर्तिबाङका अध्यक्ष रामबहादुर कुवँर, बुर्तिबाङ नगर विकास समितिका संयोजक तुल्सीराम अर्याल, बुर्तिबाङ यातायत व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल अर्याल लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बुर्तिबाङबाट विस्थापित भएको सबै कार्यालयलाई पुनस्थिापित गराउँदै यस क्षेत्रका जनतालाई सरल र सहज तरिकाले सरकारी सेवा दिन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
बैंकका बुर्तिबाङ शाखा प्रबन्धक हरीबहादुर भुजेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन बैकका केन्द्रिय प्रवन्धक अरुणा वज्रचार्यले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग