Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युत नियमित नभए शसक्त आन्दोलन गर्ने चेतावनी

Published on 11:43:00 PM //


जनार्दन घिमिरे
गुल्मी, २६ वैशाख । गुल्मीमा विद्युत सेवा नियमित गर्न माग गर्दै आज स्थानीय युवा क्लवहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएका छन् । उनीहरुले गत फागुन १ र २ जिल्लामा नेपाल विद्युत प्राधिकरण विच गरिएको सम्झौता कार्यान्वयन नगरिएको भन्दै उक्त सम्झौता तत्काल पूर्णरुपमा कार्यान्वयन नभए प्राधिकरण विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । संयुक्त आन्दोलन समितिले विगतमा आन्दोलन स्थगित गर्न गरिएको समझदारी तत्काल कार्यन्वयनमा ल्याउन माग गर्दै आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा विगतमा गरिएको विद्युत कटौती सम्वन्धी समझदारी कार्यन्वन तत्काल नभए प्राधिकरण विरुद्ध निर्णायक आन्दोलन गर्ने तयारी भएको सदरमुकाम तम्घासस्थित क्रियाशिल युवा क्लवहरुको तर्फवाट सहभागी सयुंक्त आन्दोलन समितिका संयोजक रविन्द्र गुरुङ्गले जानकारी दिनु भएको छ । तर नेपाल विद्युत प्राधिकरण गुल्मी शाखा प्रमुख नवलकिशोर गोहितले भने जिल्लामा उपभोक्ताको माग अनुसार विद्यतु आपुर्ति नभएको कारण विद्युत नियमिततामा समस्या परेको वताउनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग