Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रशाशनद्धारा एग्रोभेटहरुको अनुगमन

Published on 8:01:00 PM //

विशाल भट्टराई
गुल्मी, ३ जेठ । जिल्ला प्रशाशन कार्यलय गुल्मीले सदरमुकाम तम्घासमा सञ्चालीत एग्रोभेट पसलहरुको अनुगमन गरेको छ । बजारमा संचालन भएका पसलहरुले गैर कानूनी रुपमा बिषादीहरुको खुलेआम बिक्री भएको गुनासो बढेपछि जिल्ला प्रशाशन कार्यालयको नेतृत्वमा एग्रोभेटहरुको अनुगमन गरिएको हो ।
शुक्रबार गरिएको अनुगमनका क्रममा ठूलो परिमाणमा बिषादी र म्याद नाघेका औषधी बरामद गरेको जिल्ला कृषि बिकास कार्यालयका बिषादी निरीक्षक अधिकृत परशुराम अधिकारीले जानकारी दिए । टोलीले तम्घासका मिलन एग्रोभेट, गाउँले एग्रोभेट, शिवरमेश एग्रोभेट र लक्ष्मी एग्रोभेट सेन्टरमा अनुगमन गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग