Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 4:36:00 PM //



-कल्पना पौडेल "जिज्ञासु"
गरीबको त्यो भत्किएको बस्ती टाल्नलाई
फर्किदैछु नेपाल तिन्को चुलो बाल्नलाई

बर्षौबाट भोकले छट्पटाउँदै होलान
अन्नको एक दाना उनको मुखमा हाल्नलाई

हातेमालो गरौ साथी सबै जना मिली
ति गरिबिको जरो फेँदै देखी फाल्नलाई

कैयौँ अनाथ बच्चा आश्रममा पुगेका छन
आतुर छु म तिनलाई घरमा पाल्नलाई

देखा सिकी गरुन भनी अरुले नि मेरो
कोसिस गर्छु सबको ढुङ्गे आत्मा गाल्नलाई

 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग