Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लक्षित समुदायको रकम हिनामिना

Published on 12:54:00 AM //


प्रेम सुनार
बैशाख ३१, गुल्मी । गुल्मीको नेटा गाविस कार्यालयले लक्षित समुदायलाई विनियोजन गरेको रकम हिनविना गरेको खुलसा भएको छ । कामै नगरी निकासी गरी लक्षित समुदायलाई छुट्याएको २ लाख ५ हजार रुपैया मध्ये एक लाख पाँच हजार लक्षित समुदायलाई दिएको र  एक लाख रुपैयाँ कसैलाई थाहै नदिई राखिएको खुलासा भएको हो । सो गाविसका लागि अनुगमनकारी निकाय एकिकृत ग्रामिण विकास समाज गुल्मीको अनुगमनले आयोजना गरेको छलफल कार्यक्रमबाट मात्रै यस्तो  खुलसा भयो समाजले भनेको छ ‘छलफल कार्यक्रममा त्यो कुरा नउठाईएको भए स्थानियबासी गुमराहमै परेका थिए ।’
‘लक्षित समुदायका लागि गत आर्थिक वर्षमा  विनियोजन गरिएको २ लाख ५० हजार मध्ये एक लाख रुपैया लक्षित समुदायलाई दिईएको र एक लाख ५० हजार  रुपैयाँ कसैलाई थाहै नदिई राखिएको फेला परेको छ’ समाजका उपाध्यक्ष हिरा ए.सीले भने ‘जव स्थानियबासीले छलफलमा खै त्यो रकम भनेर आच्छु आच्छु पारेपछि हेल्थ हर्ट सेन्टरमा लगाएको छ भनेर गाविस सचिव मेघराज पोख्रेलले भनेका हुन । ’ स्थानिय निकायको अनुदान खर्च सर्वेक्षण तथा समुुदायको संलग्नता सर्वेक्षणका क्रममा एकिकृत ग्रमिण विकास समाज गुल्मीले आयोजना गरेको छलफल कार्यक्रममा अन्य कुरा पनि सो गाविसले अनियमित्ता गरेको खुलासा भएको छ ।
खानेपानीका लागि भनेर छुट्याईएको एक लाख रुपैयाँ दुरुपयोग भएको नेटा ५ का ढालबहादुर बोहराले आरोप लगाए ।  उपभोक्ता समितिले भने सो रकम ब्याजमा लगाएको दावी गरेको छ । त्यस्तै अम्रिसो खेतीका लागि छुटयाईएको एक लाख रुपैयाँ पनि कामै नगरी निकासा गरेर अध्यक्षको जिम्मा लगाईएको खुलसा भएको छ । त्यस्तै अन्य विकास योजनामा पनि कामको मुल्याङ्कन नै नगरी रकम निकासा गरेर अनियमित्ता गरेको समाजले जनाएको छ ।
त्यो कुरा आफुहरुलाई गाविस सचिवले जानकारी नै नदिईएको भन्दै स्थानिय राजनैतिक दलहरुले  आलोचना गरेको अनुगमनमा पुगेका समाजका अनुसन्धानकर्ता शंकर नेपालीले बताए । गाविस सचिव मेघराज पोखरेलले भने रकम दुरुपयोग नगरी सुरक्षित राखेको दावी गरेका छन् । त्यस गाविसमा देखिएको समस्या त्यहाँको छलफलबाट समधान नहुने स्थिति देखिएकोले जिल्ला मै त्यसको समिक्षा गरी तव मात्र गाविसमा पुगेर सार्वजानिक सुनुवाई कार्यक्रम राखिनु पर्ने समाजका अध्यक्ष गणेश श्रीपालीले बताए । ‘त्यस गाविसमा यस्ता थुप्रै समस्या हाम्रो अध्ययनले देखायो’ श्रीपालीले भने ‘जिल्लामा यसको गम्भीर समिक्षा हुनु पर्छ र गाविसमा सार्वजानिक सुनुवाई पनि राखिनु पर्छ सर्व साधरण गुमराहमा पारिनु हुँदैन ।’ समाजले राखेको छलफल कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रतिनिधी, वडा नागरिक मञ्चका पदाधिकारी, लक्षित समुदायका प्रतिनिधी, र संघ संस्थाहरुको सहभागिता थियो । समाजकी कार्यक्रम संयोजक सिता भुषालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अनुसन्धान सहायक शंकर नेपालीको सहजिकरण र गाविस सचिव मेघराज पोखरेलको अध्यक्षता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग