Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 5:39:00 PM //




-कल्पना पौडेल "जिज्ञासु"

उठौँ सबै सर्बहारा जाग्नु पर्छ अब
सामन्तीको बिरुद्धमा लाग्नु पर्छ अब

सबै जातिलाई एउटै मालामा गाँस्दै
एकतामा देश हाम्रो हाँक्नु पर्छ अब

भ्रस्ट्राचारको जरो उखेली फेँदै देखी
ति अत्याचारका सिमा नाघ्नु पर्छ अब

हातमा हात बाधि राखी मिल्दैन हक
खोसिएका अधिकार माग्नु पर्छ अब

कुरुती र बिसंगती हटाएर हाम्ले
शिखर छुने लक्ष्य त्यो ताक्नु पर्छ अब

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग