Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वर्षाले विद्यालय भवन भत्कियो, विद्युत सेवा अवरुद्ध हुंदा ह्वाङ्दीवासी अन्धकारमा

Published on 9:56:00 PM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ६ । गत तीनदेखि परेको वर्षाका कारण गुल्मी सिर्सेनीमा एक विद्यालय भत्किएको छ । सिर्सेनी गाविस वार्ड नं. ५ लामपाटा स्थित शिवालय प्राथमिक विद्यालयको ४ कोठे कच्ची भवन भत्किएको हो ।
आज मध्यान्हतिर विद्यालयको भवन भत्किएको विद्यालयका प्रधानाध्यापक हेमनाथ अर्यालले जानकारी दिनुभयो । भवन भत्किन लागेको थाहा पाउने वित्तिकै विद्यार्थीहरुलाई विद्यालय भवनभन्दा वाहिर निकालिएको उहांले वताउनुभयो । कक्षा तीनसम्म पढाई हुने उक्त विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरुको पढाई प्रभावित वनेको छ ।
२०६८ सालमा काठको खम्वा तथा टीनले छाएर वनाईएको उक्त कच्ची भवन भत्किंदा १ लाख रुपैयां भन्दा वढीको क्षति भएको अर्यालले वताउनुभयो । भवन भत्किंदा कोठा भित्र रहेका कागज पत्र, फर्निचर लगायतका सामाग्रीहरुमा समेत क्षति पुगेको छ । तीन वर्ष अघि जिल्ला विकास समितिद्धारा विद्यालयको छानाको लागि टीन सहयोग प्राप्त भएपछि अरु सवै स्थानीयको जनश्रमदानमा कच्ची भवन निर्माण गरिएको थियो । सो विद्यालयमा अहिले ६० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने प्रधानाध्यापक सहित १ जना दरवन्दी, १ जना वाल शिक्षा कोटा र २ जना नीजि श्रोतका गरि ४ जना शिक्षक शिक्षीकाहरुले अध्यापन गर्दै आएका छन् । भवन भत्किएपछि पठनपाठनमा निक्कै समस्या भएको वताउंदै प्रधानाध्यापक अर्यालले भवनको पुनर्निमाणका लागि सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
यस्तै गुल्मीको ह्वाङदी गाविस वडा नं. १ स्थित डांडाखेत लघु जलविद्युत अवरुद्ध हुंदा उपभोक्ताहरु मर्कामा परेका छन् । केही समयको लगातारको वर्षाले विद्युतको कुलोमा पहिरो जांदा २ दिनदेखि विद्युत अवरुद्ध भएको समितिका सचिव रामप्रसाद आर्यालले जानकारी दिनुभएको छ । विद्युत पुर्णरुपमा ठप्प हंदा मोवाईल, टिभी लगाएतका कुनै पनि विद्युतीय सामाग्रीहरु सञ्चालनमा आएका छैनन भने उपभोक्ताहरु अध्यारोमा वस्न वाध्य भएका छन् ।
२०६८ सालमा बैकल्पिक प्रवन्द्धक केन्द्र इसाफको प्राविधिक सहयोग, जिल्ला विकास समिति र गाविसको आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदान गरी कुल ७३ लाखको लागतमा निर्माण गरिएको १३ किलोवाट क्षमताको उक्त लघु जलविद्युतबाट अर्खाबाङ गाविसका १, २ र ३ तथा ह्वाङदी गाविसका १ र २ वडाका गरी कुल १ सय ४० घरधुरी लाभाम्वित छन् । पहिरो झरेको स्थानमा कडा चट्टान परेकाले कुलो मर्मतका लागि अझ ५÷६ दिन लाग्ने समितिले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग