Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बहुविवाह गर्ने पति विरुद्ध उजुरी

Published on 8:36:00 PM //


शिवप्रसाद ढुंगाना
ओखलढुङ्गा, वैशाख २७ । बहुविवाह गरेको भन्दै गुल्मी जिल्लाको पीपलधारा-९ की २८ वर्षीया पार्वती कुवँरले कालीकोट मान्मा घर भइ ओखलढुङ्गामा सवारी चलाउँदै आएका ३२ वर्षीय मधु जोगी र निजकी कान्छी पत्नि ओखलढुंगा गाविस -६ की २७ वर्षीया रञ्जु श्रेष्ठविरुद्ध वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दिएकी छन् ।

पतिले बहुविवाह गरेपछि कारबाहीका लागि निववेदन दिएको पीडितले बताइन् । जिल्ला प्रहरी कार्यालयका असई भीम बस्नेतले जानकारी दिए । पीडितकी सौता ओखलढुङ्गा ६ को माइतीघरमा बस्दै आएकी छिन् भने पति मधुजो जोगी फरार रहेका छन् ।  उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग