Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफन्तलाई भेट्न गएका गन्दर्भ वेपत्ता

Published on 5:53:00 PM //

प्रेम सुनार
गुल्मी, २८ वैशाख । घरबाट बाग्लुङ्गतर्फ हिडेका गुल्मी बडागाउँका तुल्सी गन्धर्व गत एक हप्तादखि बेपत्ता भएका छन् । बैशाख १७ गते बाग्लुङ्गको पाण्डवखानीमा आफन्त भेट्न हिडेका बडागाउँ ५ पेगा निवासी ५० वर्षिय गन्धर्व सम्पर्क विहिन भएको उनका छोरा विष्णुले बताए । ‘पाण्डवखानीका माईला भन्ने ब्याक्तिको घरमा जान उहाँ हिड्नु भएको हो तर त्यो घरमा नै नपुगेको खवर छ ’विष्णुले भने ‘फोन समेत स्वीच अफ हुँदा हामीहरु चिन्तामा छौ ।’ पाण्डपखानी र त्यस भेगका सारा ठाउँमा खोज तलास गर्दा फेला नपरेपछि सञ्चार माध्यमको सहरा लिनु परेको विष्णुले बताए । मुहारमा सेतो पुत्ला भएका अग्लो पातलो उहाँलाई देख्नु हुने जो कोहिले परिवारका सदस्य वा प्रहरी चौकीमा खवर गरिदिन परिबारको आग्राह छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग