Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज दोहा कतारको नियमित बैठक सम्पन्न  

Published on 5:45:00 AM //


कुमार “अविरल” पन्थी
दोहा, बैशाख २८ । “गुल्मी सेवा समाज दोहा कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज दोहा कतारको १५ औं नियमित बैठक हिजो शुक्रबार सम्पन्न भयो।
बैठक सँस्थाका कार्यबाहक अध्यक्ष बिजय बिक्रम बस्नेतको अध्यक्षतामा बसेको थियो । साथै रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । सोहि अबसरमा सँस्थामा आबद्ध हुन आउनु भएका नँया आगन्तुकहरु बीच परिचयात्मक कार्यक्रम पनि सम्पन्न गरियो । हरेक महिना बस्दै आएको बैठक यो महिना पनि शुक्रवारको दिन सम्पन्न गरिएको हो । सोहि अवसरमा गुल्मी तुरांग ३ निवासी आगलागी पिडित प्रेम पौड्याललाइ बिभिन्न सहयोगदाताहरु मार्फत संकलित ९१५ (नौ सय पन्ध्र) कतारी रियाल सम्बन्धित ठाँउमा पठाउने निर्णयका साथै गुल्मी जिल्लाको एकमात्र सामुदयिक रेडियो, रेडियो स्काई एफ.एम. ८८.४ मेगाहर्जबाट प्रसारण हुँदै आएको कार्यक्रम “प्रदेशीको सन्देश” मा बज्दै आएको सँस्थाको प्रोमोको दोश्रो किस्ता बुझाउने निर्णय गरियो । सामुदायिक रेडियो स्काईले सँस्थाको प्रचार प्रसारमा खेलेको अतुलनीय भूमिकाको कदर गर्दै सामुदायिक रेडियो स्काई प्रती बिशेष आभार प्रकट गरिएको छ । आगामी दिनहरुमा पनि सँस्था र रेडियो बीच सम्बन्ध राम्रो रहने अपेक्षा राखिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग