Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यार्थीहरुले बिद्यालयमा बिस्कुट, मिठाई, चाउचाउ नखाने

Published on 3:23:00 PM //


विष्णु पौडेल
गुल्मी, २८ वैशाख । मिठाईँ तथा चुईकम भनेपछि धेरै जना हुरुक्कै हुन्छन । अझ विद्यालय उमेरका वालवालिकाहरुलाई यी कुराहरु नभई हुँदैन । विस्कुट, चाउचाउ नकिन्दिएसम्म स्कुल जाँदिन भन्दै अभिभावकलाई नै हैरान पु¥याउँछन् । तर, गुल्मीको जैसीथोकमा रहेको पाञ्चायन उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु भने आफै मिलेर यी चिजहरु नखाने प्रतिवद्धता जनाएका छन् । चाउचाउ, विस्कुट, मिठाईमा प्रयोग हुने वाहिरको प्लाष्टिकले वातावरणीय प्रदुषण वढाउनुका साथै फास्टफुडहरुले स्वास्थ्यलाई पनि हानी गर्ने भएकाले विद्यालय हाताभित्र यी वस्तुहरुलाई निधेष गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलको अगुवाईमा विद्यालयका सवै विद्यालयलाई प्लाष्टिकमुक्त क्षेत्र वनाउनका लागी यी वस्तुहरुको प्रयोगमा पनि रोक लगाईएको जुरेस अध्यक्ष भुपाल रानाले वताए ।  जुनियर रेडक्रस सर्कलहरुको गत वर्ष मजुवामा सम्पन्न भएको गोष्ठीले प्रत्येक विद्यालयलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्ने निर्णयअनुसार उक्त विद्यालयलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको जुनियर रेडक्रस सर्कलका सचिव राजन केसीले वताए ।

विद्यालयमा आयोजित एक कार्यक्रमका विच सवै विद्यार्थीहरुले हात उठाएर यस्ता वस्तुहरु विद्यालयभित्र प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । श्रोतव्यक्ति खिमवहादुर महतको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा प्राचार्य टेकवहादुर श्रेष्ठ, जैसीथोक उपस्वास्थ्य प्रमुख वालुराम खनाल, शिक्षक दिपक पोख्रेल, लक्ष्मण पोख्रेल विद्यार्थी हुमकान्त पोख्रेल लगायतले मन्तव्य व्यक्त गर्दै प्लाष्टिक जन्य सामग्री प्रयोग नगर्न सवैलाई आग्रह गरे ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग