Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अच्चम्मेश्वर गुफाका मुर्तीहरु चोरी, सरोकारवालाहरुको ध्यान पुगेन

Published on 1:36:00 AM //

रुरु नेटवर्क,
रिडी, जेठ १ । ग्वादी गाबिसको साँघुरेमा रहेको अचम्मेश्वर गुफाको सुरक्षा हुन नसक्दा हाल त्यहाँ रहेका बिभिन्न मुर्तीहरु हराउने तथा तोडफोड गर्ने क्रम सुरु भएको छ । गुफा भित्र रहेको बिभिन्न आकृतिका मुर्तीहरु तथा केही घण्टाहरु चोरी भएका छन भने गुफाका केही भागमा तोडफोड गरीएको छ ।
कस्ले चोरी गरेको हो भन्ने हाल सम्म पत्तो लाग्न सकेको छैन भने प्रहरी समक्ष यो खबर पुग्न नसक्दा प्रहरीबाट पनि यसको अनुसन्धान गरीएको छैन । यस गुफामा सहज रुपमा जान आउन सकियोस भनी हालै रुरु रेशुङा संरक्षण तथा पर्यटन बिकास समितीले यस ठाउँमा सिँढी निर्माण तथा जाली लगाउने कार्य जारी रहेको बेला यस्तो घटना घट्न पुगेको हो । सुरक्षाको अभावमा यो सम्पदा जोखिममा पर्न थाले पछी स्थानीय बासीहरु अहिले चिन्तित बन्न पुगेका छन।

यस्तो छ अचम्मेश्वर गुफा ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग