Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मरभुङ उपस्वास्थ्यचौकीमा औषधीको अभाव

Published on 11:57:00 PM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ६ । गुल्मीको मरभुङमा रहेको मरभुङ उप–स्वास्थ्यचौकीमा एक हप्तादेखि औषधीको अभाव देखिएको छ । उपस्वास्थ्यचौकीमा औषधि नहुंदा स्थानीय जनता नीजि क्लिनिकमा गई महंगो मुल्यमा औषधी किन्न वाध्य भएका छन् ।
विभिन्न चार वटा गाविसको विचमा पर्ने भएको हुंदा आफ्नो गाविस भन्दा वाहिरीका विरामीलाई पनि सेवा दिंदा औषधीको समस्या देखिएको उपस्वास्थ्यचौकीका एकराज अर्यालले वताउनुभयो । मरभुङ उपस्वास्थ्यचौकीमा यसरी नै पटक पटक औषधीको अभाव भईरहन्छ । यस उपस्वास्थ्चौकीले मरभुङ्ग गाविस वाहेक घमिर, सिर्सेनी र वाग्लाका जनतालाई समेत सेवा दिदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयवाट एउटा उपस्वास्थ्यलाई आउने औषधी चार चार वटा गाविसका जनतालाई सेवा दिँदा केही समयमै सकिने अर्यालले वताउनुभएको मर्भुङबाट सहकर्मी दुर्गावहादुर खड्काले समाचार पठाउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग