Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिदेशबाट फर्केर गाउँमै कुखुरापालन र तरकारी खेती, मासिक ३५ हजार सम्म आम्दानी

Published on 6:11:00 AM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ६ । बागलुङको बोहरागाउं गाविसका युवाहरुले ब्यवसायिक कुखुरापालन तथा बाख्रापालन ब्यवसायबाट राम्रो आम्दानी गर्न सफल बनेका छन् । स्थानिय वडा नं. ५ कारीगाउं निवासी रामराज पौड्याल र रामप्रसाद न्यौपानेले संयुक्त रुपमा कुखुरा पालन तथा बाख्रा पालन ब्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् । यसअघि धन कमाउन भनि विदेशी पुगेका उनिहरु विदेश गरेको दुःख र सिकेको सीपलाई आफ्नै ठाउंमा सदुपयोग गरि सञ्चालन गरेको उक्त ब्यवसायबाट मासिक रुपमा ३० देखि ३५ हजारसम्म आम्दानी गरेको उनीहरुको भनाई छ ।
गत वर्ष बैशाख महिनामा भाडामा जग्गा खरिद गरि २ सय वटा ब्रोईलर कुखुराको चल्लाबाट उनीहरुले ब्यवसायीक कुखुरा पालन सुरु गरेका थिए । यसरी ब्यवसायीक कुखुरा फर्मबाट निस्केको मललाई फेरी चार विघा जग्गामा प्रयोग गरी ब्यवसायीक तरकारी खेती सुरु गरी अहिले मौसम अनुसारको तरकारी उत्पादन गरिरहेको रामराजले बताउनुभयो । यसरी स्थानीय स्तरमा नै यस व्यवसायवाट राम्रो आम्दानी भएपछि थप प्रोत्साहित भई ५ ओटा बाख्राको पाठा लिएर बाख्रा पालन ब्यवसाय समेत सुरु गरेको उहांले वताउनुभयो ।
हाल कुखुरा फर्ममा ५ सय भन्दा बढी ब्रोईलर कुखुरा, १४ वटा बाख्रा रहेका छन् । साथै ५ विघा जग्गामा तरकारी खेती समेत सञ्चालन गर्दै आएको पौड्यालको भनाई छ । यसरी अहिलेको अवस्थामा हजारौ युवा रोजगारीका लागि विदेश पलायन हुने गरेको बेला समाजमा आय–आर्जन गर्न एउटा गतिलो उदाहरणीय कृषक बनेकोमा खुशी लागेको कृषक पौडेलले वताउनुभयो । पौडेल र न्यौपानेको व्यवासयलाई देख्दा आफुलाई पनि स्वदेशमै केहि गर्नुपर्छ भन्ने हौसला मिलेको स्थानिय जितेन्द्र सुनारले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग