Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो रेसुङ्गामा कर्मचारीको बैठक (फोटो फिचर)

Published on 10:21:00 PM //

नेपाल निजामती कर्मचारी यूनियन गुल्मीले रेसुंगा क्षेत्रको प्रवर्धनका लागि २ हजार ३ सय ४९ मिटर उचाईमा रहेको रेसुंगामा केन्द्रिय कमिटिको बैठक सम्पन्न गरेको छ । सोही अवसरमा रेसुङ्गा क्षेत्रबाट गुल्मीन्युज सहयोगी घनश्याम गौतमले खिच्नुभएका केही तस्बिरहरु हेरौँ:
रेसुंगामा रमाईलो ः  गुल्मीको धार्मिक र पर्यटकीय स्थल रेसुंगामा शनिवार पिकनिक खाँदै नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रिय पदाधिकारी एवं कर्मचारीहरु । 

नेपाल निजामती कर्मचारी यूनियनको आठौं केन्द्रिय बैठकको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष सुबोधकुमार देवकोटा ।
रेसुंगामा पुस्तक बिमोचन:  गुल्मीको धार्मिक र पर्यटकीयस्थल रेसुंगामा सम्पन्न भएको नेपाल निजामती कर्मचारी यूनियनको आठौं केन्द्रिय बैठक उद्घाटनका अवसरमा कर्मचारी यूनियन गुल्मीले प्रकाशित गरेको रेसुंगा सुशासन नामक पत्रिका बिमोचन गर्दै केन्द्रिय अध्यक्ष सुबोधकुमार देवकोटा । 

रेसुंगामा क्याम्पिङ: बैठकका लागि रेसुङ्गा आएका केन्द्रिय पदाधिकारीको बासस्थानका लागि तयार गरिएका टेण्टहरु । सर्वसाधारणका लागि पनि जतिसुकैबेला यसरी क्याम्पिङ गर्ने सुरक्षा सहितको पुर्वाधार तयार गर्न सके कसो होला?  तस्विर: घनश्याम गौतम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग