Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी विकास बैङ्क ग्लोबल आइएमईमा गाभिने

Published on 3:54:00 AM //


काठमाडौं, जेठ १४ । ग्लोबल आईएमई बैङ्कमा गुल्मी विकास बैङ्क गाभिने भएको छ । ती दुवै बैङ्कबीच मङ्गलवार समझदारीपत्रमा हस्ताक्षर भएपछि गाभिने निश्चित भएको हो । समझदारी पत्रमा ग्लोबल आईएमई बैङ्कका तर्फबाट ग्लोबल सोसियल संयुक्त मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ एवम् गुल्मी विकास बैङ्कका तर्फबाट अध्यक्ष सीता भुसालले हस्ताक्षर गरे । यो जोडीले मर्जरको प्रारम्भिक स्वीकृतिका लागि मङ्गलवार नेपाल राष्ट्र बैङ्कमा आवेदन दिएको विज्ञप्तिमा उल्लेख छ । मर्जर प्रक्रिया शुरू भएका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गुल्मी विकास बैङ्कको शेयर कारोबार रोक्का गरेको छ ।
गुल्मी विकास बैङ्क २०६६ सालमा स्थापना भएको हो । हाल यसको पूँजी रू.२ करोड ५ लाख, निक्षेप रू. ४५ करोड र कर्जा लगानी रू.३३ करोड रहेको छ । ग्लोबल बैङ्कमा गतवर्ष आईएमई फिनान्सियल इन्ष्टिच्युशन तथा लर्डबुद्ध फाइनान्स गाभिएर ग्लोबल आईएमई बैङ्क बनेको थियो । यस्तै, केही समयअघि ग्लोबल आईएमई बैङ्कले सोसल डेभलपमेण्ट बैङ्कलाई आफूसँग गाभ्नका लागि प्रक्रिया शुरू गरिसकेको छ । हाल यो बैङ्कको निक्षेप ३१ अर्ब र कर्जा लगानी २५ अर्बको हाराहारीमा रहेको  छ । चालू आवको चैत मसान्तसम्ममा कर्जा नोक्सानी व्यवस्था अगाडि रू.८० करोड सञ्चालन मुनाफा हासिल गरेको छ । हाल ६४ शाखा र सोही सङ्ख्यामा एटीएममार्फत विभिन्न जिल्लामा वित्तीय सेवा पुर्‍याउँदै आएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग