Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई गाविस जोड्ने झोलुङ्ग पुलको शिलान्यास

Published on 3:19:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख १९ गते । गुल्मीको कुर्घा र वडागाउँ गाविस जोड्ने एक झोलुङ्गे पुलको विहीवार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । कुर्घा गाविस वार्ड नं. ९ उपल्लो भुवाचिदी र वडागाउँ गाविसको वार्ड नं. ९ आँगाटारी जोड्ने वढीघाट नदीमाथि निर्माण हुन लागेको ११५ मिटर लामो उपल्लो भुवाचिदी झोलुङ्गे पुलको आज विहान शिलान्यास गरिएको हो । विहान विहान ९ वजेर २५ को शुभमुहर्तमा स्वस्ती वाचन र वैद्धिक मन्त्रोच्चारणका साथ पुल निर्माण समितिका अध्यक्ष रामवहादुर थापाले शिलान्यास गर्नुभएको थियो । उक्त पुल जिल्ला विकास समितिको ३ दशमलव ३९ प्रतिशत, स्वापको केन्द्रीय सहयोग ७३ दशमलव ९७ प्रतिशत, कुर्घा र वडागाउँ गाविसको २ दशमलव ७६ प्रतिशत र उपभोक्ता समितिको १ दशमलव ९३ प्रतिशत गरी कुल रकम ३१ लाख २१ हजार ८ सय ३७ रुपैँया ९४ पैसाको लागत निर्माण हुन लागेको हो ।
पुल निर्माणमा सृजनशील सामुदायिक विकास केन्द्र गुल्मीको प्राविधीक सहयोग सहयोग रहने समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । उक्त पुल यही आउँदो आषाढ १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले वताउनुभयो । पुलको शिलान्याससँगै निर्माण कार्य पनि अगाडी वढाईएको छ । शिलान्यास कार्यक्रममा स्थानीय पुरोहित कुञ्जरमणी रिजाल, उपभोक्ता समुहका नरहरी सापकोटा, चन्द्रवहादुर खड्का, सिता थापा, ओमवहादुर के.सी, मुख्य मिस्त्री रुद्रवहादुर सिँह लगायत स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको थियो । पुल वनेपछि कुर्घा, वामीटक्सार र वडागाउँ गाविसका वासिन्दाहरु प्रत्यक्ष लाभाम्वित हुने समितिले जनाएको छ ।
यसैविच अर्घाखाँचीको खिदिम गाबिसमा प्रहरी चौकीको नँया भबन निर्माण हुने भएको छ । करिब ८५ लाखको लागतमा १९ कोठे उक्त भबन निर्माण हुन लागेको हो । भबनको विहीवार एक कार्यक्रकम बिच प्रहरी नायब उपरिक्षक हिराबहादुर पाण्डेले शिलान्यास गर्नुभएको हो । सिलान्यास कार्यक्रममा पंण्डित बु्द्धि गौतमले बैद्धिक विधीपुर्बक पुजा आजा गर्नु भएको थियो । कार्यक्रममा एकीकृत माओबादीका माधब गौतम, नेपाली कांग्रेसका खिदिम सभापति अच्युत गौतम, नेकपा एमालेका रामराज गौतम, राष्ट्रिय जनमोर्चाका राधा गैरे गौतम, रिपोर्टस क्लब नेपालका जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, निर्माण ब्यबसायी रामजी भुसाल लगायतको उपस्थिति रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग