Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक वनको आगो नियन्त्रण

Published on 1:54:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २४ गते । गुल्मीको ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गासँगै जोडिएको पराल्मीको फुलवारी सामुदायिक बनमा सोमवार वेलुकीदेखि लागेको आगो मंगलवार आज साँझ मात्र नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका लागि नेपाली सेनाको एक टोली, जिल्ला वन कार्यालयका फरेष्टर तेजप्रसाद गैरे सहितका केही कर्मचारीहरु, स्थानीय वन उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ता, खोँटो संकलन गर्ने कर्मचारीहरु लगायतको विशेष सक्रियतामा नियन्त्रणमा लिईएको थियो । आगलागीले करिव २५ हेक्टर क्षेत्रफलको बन क्षेत्र नष्ट गरेको छ । आगो कस्ले र किन लगाएको हो भन्ने केही खुल्न नसकेको गैरेले वताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग