Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घमिरमा जिल्लाको निरीक्षण

Published on 1:54:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख २४ । जिल्लाको एक टोलीले मंगलवार घमिर गाविसको अनुगमन तथा निरीक्षण गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत वावुराम पल्ली, पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम, सञ्चारिका समुहकी अञ्चल सदस्य गगनशिला खड्का लगायत सहभागी एक टोलीले घमिर गाविसमा पुगी विकास लगायत विविध गतिविधीको अनुगमन तथा अवलोकन गरेको हो ।
स्थानीय स्तरमा भईरहेका गतिविधीहरुको संक्षिप्त जानकारी लिँदै विवादित वन्दै गईरहेको देविस्थान उच्च माध्यमिक विद्यालयको भवन तथा वराहरुख मोटरवाटो लगायतको अनुगमन गरी विवादित विद्यालय भवनको समस्याको समाधानका लागि आफ्नो तर्फवाट पहल गर्ने आश्वासन टोलीले दिएको राजेन्द्र पन्थीले जानकारी दिनुभयो । सोही अवसर पारी सहायक प्रमुख जिल्ला अधिकारी पन्थी तथा योजना तथा प्रशासकीय अधिकृत पल्लीले गाउँ विकास समितिको कार्यालयको समेत अनुगमन तथा भेटघाट गर्दै त्यहाँवाट प्रदान भईरहेको सेवा सुविधाको विषयमा जानकारी लिनुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग