Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरवाट लडेर १ युवकको मृत्यृ, ढुङ्गाले च्यांपेर तीन महिला घाईते

Published on 3:56:00 PM //


पि.एम.मगर
गुल्मी, वैशाख २३ गते । गुल्मीको बलिथुमका एक युवकको वाटोमा हिँड्ने क्रममा भिरवाट लडेर मृत्यु भएको छ । बलिथुम गाविस वार्ड नं. ७ रातकाट्ने भन्ने स्थानका वर्ष २४ का दिपक चुदाराको भिरवाट लडेर मृत्यु भएको हो । आफ्नो मावली घर जुभुङ्ग १ झिरवासवाट बलिथुम स्थित आफ्नै घर तर्फ फर्किदै गर्दा आईतवार वेलुकी करिव ५ वजेतिर भिरवाट लडेर उनको मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ । अत्यधिक मदिरा सेवन गरेका उनी मवली घर नजिकै पर्ने जुभुङ्ग गाविसको झिरुवास बलिथुम जोड्ने मोटरवाटो अन्तर्गतको ठुलो ढुङ्गा भन्ने स्थानवाट १ सय मिटर तल खसेको बलिथुमबाट पत्रकार गंगु कुवंरले जानकारी दिनुभएको छ । वैशाख २१ गते मावली हजुरआमाको पुण्यतीथि सकेर हिजो मात्रै उनी आफ्नी श्रीमति, एक छोरा र मामासंगै घर फर्किदै थिए ।
यस्तै घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्याँपिएर अर्घाखाँचीको खनदहमा ३ जना महिला गम्भिर घाईते भएका छन् । खनदह गाविसको वार्ड नं. ३ स्थित एक विद्यालय नजिकै रहेको अँधेरी पोखरी भन्ने स्थानमा घर पोत्ने रातो माटो खन्ने क्रममा माथिवाट ढुङ्गा खसेर च्याँच्दा ४२ वर्षीया चुमकला विश्कर्मा, ५२ वर्षीया टोपकला विश्वकर्मा र ३२ वर्षीय फुलमति विश्वकर्मा गम्भिर घाईते भएका हुन् । घाईते सवैको ढाड, खुट्टा लगायत शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । घटना आज दिउँसो साढे १ वजेतिर घटेको र तत्काल स्थानीयको सक्रियतामा घाईते सवैलाई उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ । घाईते मध्ये फुलमतिको अवस्था अलि गम्भिर रहेको रेमकला विश्वकर्माले वताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग