Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मातृभूमिका लागि युवा अभियान, कतारको प्रारम्भिक भेला सम्पन्न

Published on 6:05:00 PM //


भुवन के.सी.
कतार, मे ३ । नयाँ नेपाल निर्माणको लागि संसार भरि छरिएर रहेका नेपाली युवाहरुलाई एकताबद्ध गरि उनीहरुसँग भएको सिप र खुबीको सही सदुपयोग गर्ने र विभिन्न सामाजिक सेवाको अभियानमा युवाहरुलाई सरिक गराउने विशुद्ध उद्देश्य लिएको नेपालीहरुको एकमात्र साझा संगठन मातृभुमिको लागि युवा अभियान, कतारको प्रारम्भिक भेला विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको छ ।
नेपाल देखि प्रवासको विभिन्न देशहरुमा रहेका नेपाली युवाहरुको सक्रियतामा श्री सुनिल खडकाको नेतृत्वमा मातृभुमिका लागि युवा अभियान भन्ने सामाजिक सस्थाको स्थापना गरिएको छ यो सस्था राजनैतिक नभई समाज सेवामा अग्रसर हुने र हाल इजरायल, थाइल्याण्ड, मलेशिया, युके, बेल्जीयम, इटली नेपाल तथा भारत लगायतका देशहरुमा आफनो सगंठनलाई विस्तार गरि हजारौ नेपाली युवाहरुलाई यो सस्थामा आवद्ध गरिसकेको छ ।
प्रवासी नेपालीहरुको अत्यन्तै चाप देखिएको कतारमा पनि यो संगठनलाई विस्तार गर्दै कतारमा भएका युवाहरुमा भएको जोश जागर र क्षमतालाई राष्ट्र निर्माणमा लगाउन र सस्थाको अभियानमा सरिक गराउनका लागि कतारमा रहुनभएका सस्थाका केन्द्रिय सहसचिव श्री नन्द प्रसाद ढुंगानाको पहलमा आज आयोजित भेलामा कतारमा कार्यरत युवाहरुको उपस्थिति थियो । उक्त भेलालाई सम्वोधन गर्दै सहसचिव ढुंगानाले नेपालमा परापूर्वकाल देखि बसोबास गरेका र आर्थिक सामाजिक राजनितिक तथा सास्कृतिक रुपले पछाडि परेका पारिएका पहाडी हिमाली मधेशीमूलका जनताहरुका साथै समग्र नेपाली जनतामाथिको आर्थिक राजनैतिक सामजिक सास्कृतिक र वर्गीय भेदभाव र शोषणको अन्त्य गरी समतामूलक उन्नत समृद्ध समाजको स्थापना गर्नुपर्ने कुरा आजको आवश्यकता भएको प्रस्ट पार्नुहुदै आगामी मे १७ शुक्रबारको दिन दोहाको मुन्तजा पार्कमा बस्ने आगामी भेलाको लागि कतारमा रहुनभएका सम्पूर्ण युवाहरुलाई उपस्थित हुनको लागि अनुरोध गर्दै सम्र्पकको लागि मोवाइल नं. ६६९०४२०९ मा सम्र्पक गर्न समेत अनुरोध गरिएको उक्त भेला दोहाको जैदा पार्कमा सम्पन्न भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग