Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल राष्ट्रिय सर्वोदय उमाबिको ५८ औं बार्षिकोत्सव सम्पन्न

Published on 4:20:00 AM //


शान्ति छन्त्याल
गुल्मी, बैशाख २२ । नेपाल रािष्ट्रय सर्वोदय उच्च मावि पौँदीअमराई गुल्मीको ५८ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ । २१ गतेदेखि सुरु भएको बार्षिकोत्सवको अबसरमा विद्यायस्तरीय पिटी प्रदर्शन, अन्तर विद्यालयस्तरीय प्रावि निमावि हाजिरीजबाफ प्रतियोगिता, दौड, बेलुन फुटाई, कुर्सी दौड लगायतका प्रतियोगिताहरु सम्पन्न भएका थिए ।
कार्यक्रममा पूर्व जिविस सदस्य हरिबहादुर थापा, गोविन्द गोपाल खाती, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष जितबहादुर पाठक, भुपु विद्यार्थी विन्दु सिंह, अभिभावक कृष्णबहादुर थापा लगायतले मन्तव्य दिएका थिए । कार्यक्रमका अबसरमा विद्यालयका प्रअ चिरञ्जिवी थापाले आर्थिक बर्ष २०६८-६९ को ६८ लाख बराबरको आयव्यय प्रस्तुत गर्दै ११ लाख ७६ हजार बराबरको सहयोग प्राप्त भएको पनि जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल गिरीको अध्यक्षता शिक्षकद्वय अच्युत गिरी र टेकबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग