Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"स्विट एन्जेल" सँगको फेसबुक भेट

Published on 4:09:00 AM //


गोकर्ण ज्ञवाली 
आहा ! फेसबुकको भित्ता भित्तामा दौडिरहेको मन, छेउमा एड फ्रेण्ड भनेर एउटा सुन्दर युवतीलाई फेसबुकले झुल्काइदिएपछि उतै दौडियो मन । एकछिन हेरें, को होला भनेर विचार पनि गरें । १३ म्युचल फ्रेण्ड भनेर पनि लेखेको रैछ । साथीलाई फोन गरेर सोधेँ, को हो त्यो, तेरो साथी रहेछ नि ? उसले भन्यो, अरे यार राम्री देखेर एड हानेको नि । मैले पनि क्लिक्क पारें । रिक्योस्ट सेन्ड भनेर आयो । फेसबुकले उसलाई त्यो पर्दाबाट लुकायो । एकछिन पछी त्यही युवती नोटिफिकेसनमा देखा परि । मेरो साथी बन्न पुगीछ ।


हिजोको दिन फेसबुक चलाउले मौका मिलेन, मोबाइलमा कनेक्सन सेटअप बिग्रेछ । आफुलाई फेसबुक चलाउन मात्र आउँछ त्यो सेटिंग मिलाउन आउँदैन । साथी रामलाई मिलाइदे भनेको भाउ मात्रै खोज्छ । आफुलाई अस्ति फेसबुकमा दौतरी गाँसेकी संगिनीसंग भलाकुसारी गर्ने कत्रो रहर । उसले किन नबुझेको । रामलाई आज भन्नु सम्म भने, तेरो जस्ता सुन्दरी त मेरो फेसबुकमा कति एड छन् कति ।

दिनभरी फेसबुकसंगको बिछोडमा रन्थनिए । भोक लागेको बेला त्यति पिडा हुँदैन जती पिडा फेसबुकको प्यासमा थियो । फेसबुकसंगै त्यो अदभुत सुन्दरीको तस्बिर अनि उसंग मिठा मिठा बात मार्ने कल्पना मनमा सल्बलाई रहेको थियो । सन्ध्या प्रहरसंगै छिमेकि भाउजुको सहयोगमा नेट सेटिंग सफल भयो । छिमेकि भाउजु पनि फेसबुकमा निकै क्रेज राख्नु हुन्छ । 'हट कान्छी' फेसबुकमा उँहाको नाम राख्नु भएको छ । खोजेर एड गर्दा हुन्छ उँहालैइ पनि । उँहाको फेसबुक साथीहरुको संख्या सीमामा पुगेर थामिएको छ अर्थात ५००० साथी पुगिसकेका छन् । उँहाले 'हाइ' भनेर एउटा स्टेटस अपडेट गर्दा त्यसको लागि सयौ कमेन्ट र लाइकहरु आँउछन । मलाई पनि त्यस्तै रहर थियो तर मुस्किलले महिनामा एउटा फ्रेण्ड भेटिने ।

साँझ खाना खाएपछि बार्दलीमा बसें । फेसबुक लग इन गरें । फेसबुक पेज खुलेपछि सिधै अनलाइन फ्रेण्ड लिस्टमा पुगें । 'हाइ' मेसेज आयो । हतार हतार हेरेँ । 'स्विट एन्जेल' मेसेज यु भन्ने लिंक क्लिक गरें । च्याट अघि बढ्यो । अस्ति फेसबुकमा साइनो गासेकी संगिनी थिईन यिनी । 'स्विट एन्जेल' । प्रोफाइलमा निकै सुन्दर फोटो थियो । त्यहि फोटोको रुपमा उसलाई कल्पना गरें । मिठा मिठा कुरा भए । मेरो सबै परिचय दिएँ उनलाई । उसको बारेमा सोध्दै गएँ पनि । घर मेरो दिल भित्र, परिचय-मेरो मुटु । हाम्रो भेट कहाँ हुन्छ, मुटुमा अनी धड्कनमा । तिमीलाई सम्झनु परेमा सम्पर्क नम्बर - फेसबुक छ नि के दिन के रात म यँहि हुन्छु | तिमीलाई स्पर्श गर्न पाउदिन- मज्जाले पाउछौ । तिमीले मलाई सपनीमा आउने अनुमति दिनु पर्यो नि । म हरेक रात तिम्रो सपनी बनेर आउँछु । आहा रात छिप्पिसकेछ । घडी हेरें । बिहानको २ बजेछ, च्याटकै धुनमा कतिबेला बार्दलीबाट कोठामा पुगेर सुतेछु पत्तै पाएन । 'स्विट एन्जेल' संग मिठो बिदाई गर्दै बिस्तारमा लडें ।


बुटवल, रुपन्देही नेपाल |



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग