Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हाईड्रोपावरले एकतर्फी कार्य वढाएको भन्दै माओवादीको ध्यानाकर्षण

Published on 12:56:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख ३१ । जुम्दी हाईड्रोपावर प्रा. लि. ले गुल्मीको हँसरा गाविसमा त्यहाँका स्थानीय जनताको भावना र सहकार्य विना मनोमानी ढङ्गवाट एकतर्फी रुपमा आफ्नो कार्य अगाडी वढाईरहेको भन्दै नेकपा माओवादी गुल्मीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
हँसरा गाविसको वार्ड नं. ४ मा विगत चार वर्षदेखि सो हाईड्रो पावर कम्पनीले एकतर्फी रुपमा मनोमानी तवरवाट कार्य गरिरहेको भन्दै माओवादीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको हो । समुदायको अनुरोध तथा विगतमा भएका संझौता तथा प्रतिवद्धता पुरा नगरी प्रशासन र संवन्धित निकायहरुको मिलेमतो तथा धाक धम्की र कमिसनमा स्थानीय समुदायको स्रोत साधनमा मोटरवाटो खन्ने, ढुङ्गा गिट्टी निकाली सामाजिक, साँस्कृतिक वातावरणमा गम्भिर नोक्सानी पु¥याउने र मजदुरहरुलाई उचित ज्याला दिई श्रम शोषणा गर्ने गरेको माओवादीले ठहर गरेको छ ।
साथै माओवादीले हाईड्रोपावरका मिनवहादुर ज्ञवाली र सज्जनकुमार भट्टराई लगायतका मुख्य ठेकेदारहरु पटक पटक भ्रष्टाचार मुछिई कारवाहीमा परेकाले समुदायसँग प्रत्यक्ष संवन्ध राख्ने यी योजनाहरु मध्ये हाईड्रोपावरको यस योजनाका हरेक गतिविधीहरुप्रति भ्रत्र्सना गरेको छ । नेकपा माओवादी, जिल्ला समिति गुल्मीका सेक्रेटरी गोविन्दवहादुर विश्वकर्मा आकाशद्धारा हस्ताक्षरित विज्ञप्तीमा त्यस क्षेत्रका स्थानीयले गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै अझ जनसमुदायको आवाजलाई दवाउने प्रयास गरिएमा कडा आन्दोलनमा उत्रिने समेत चेतावनी दिईएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग