Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निजामती कर्मचारी यूनियनको केन्द्रिय बैठक रेसुंगामा

Published on 4:39:00 AM //

घनश्याम गौतम
गुल्मी । नेपाल निजामती कर्मचारी यूनियनको आठौं बैठक शनिवार देखि गुल्मीको रेसुंगाडा“डामा शुरु भएको छ ।

जिल्लाको धार्मिक एवं पर्यटकिय क्षेत्र रेसुंगाको प्रवर्धन गर्ने उद्देश्यले निजामती कर्मचारी यूनियन गुल्मीको आग्रहमा यूनियनको केन्द्रिय बैठक रेसुंगामा आयोजना गरिएको हो । बैठकको केन्द्रिय अध्यक्ष सुबोधकुमार देवकोटाले उद्घाटन गरेका छन् । बैठकसंगै कर्मचारी मित्र मिलन र जिल्लाले प्रकाशन गरेको रेसुंगा सुशासनको समेत बिमोचन गरिएको छ ।

बैठकको उद्घाटन गर्दै अध्यक्ष देवकोटाले राष्ट्रसेवक कर्मचारीहरु इमान्दारी र एकता हुनेपर्नेमा जोड दिए । कर्मचारीहरुमा एकता भएमा सेवा प्रवाहमा सजिलो हुने, संगठन बलियो हने, संगठन बलियो भएमा पार्टी बलियो हुने र पार्टी बलियो भए देशको शासन व्यवस्था पनि बलियो हुने र त्यसले लोकतन्त्रलाई समेत बलियो बनाउने बताए ।

झण्डै २ हजार मिटर उचाईको रेसुंगा पोखरीमा शुरु भएको यूनियनको बैठकमा निजामती कर्मचारी यूनियनको विधान संशोधन सहित निजामती कर्मचारीहरुका समस्या बारेमा छलफल हुने केन्द्रिय सदस्य जयश्वर पन्थीले बताए । बैठकका लागि केन्द्रिय समितिका २ दर्जन बढी पदाधिकारी र सदस्यहरु रेसुंगामा भेला भएका छन् । त्यस्तै छिमेकी जिल्लाका कर्मचारीहरु समेत रेसुंगामा आएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग