Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्वाहमुखीलाई छाडेर व्यबसायिक बन्दै गुल्मी दर्लिङका कृषक

Published on 4:23:00 AM //

संगिता कुवँर
गुल्मी, बैशाख ४ ।  परम्परगत कृषी पेशाबाट जिवनस्तर माथि उठ्न नसकेपछि गुल्मी दर्लिङका स्थानिय बासिन्दाहरु आधुनीक कृषी प्रणालीका लागी एकजुट भएका छन् । आधुनिक नगदे तथा उन्नत बाली मार्फत आर्य आर्जनमुलक एवम व्यबसायिक खेती मार्फत आफ्नो जिवन स्तर परिर्वतन गर्नको लागी उनीहरुले कृषक समुह गठन गरी व्यबसायिक खेती सुरु गरेका गरेका छन् ।
दर्लिङ गाबिसको वडा नम्बर ७ र ८ मा टोप बहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय मैदान कृषि समुहको गठन गरीएको छ । समुहको उपाध्यक्षमा भाल सिहं बिक, सचिबमा राधिका बिक लगायतका अन्य सदस्यहरु रहनुभएको छ । त्यस्तै सोही गाबिसको वडा नम्बर ५ र ९ मा पनि प्रेमबहादुर श्रीसको अध्यक्षतामा ११ सदस्यीय मनकामना तरकारी कृषि उत्पादन समुहको गठन गरीएको छ । गाबिसमा सञ्चालन भएका कृषि उत्पादन समुहले निर्वाहमुखी भन्दा कृषि पेशाबाट माथि उठेर व्यबसायिक, नगदे तथा उन्नत खेतीमा लागेर कृषिलाई आधुनीक बनाउँदै लैजाने स्थानिय चुरामणि काउछाले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग