Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१५ बुँदे शान्तिपुर घोषणापत्रसँगै सकियो सिवासी नेपालको सम्मेलन (फोटोहरु सहित)

Published on 12:02:00 PM //


तेजेन्द्र थापा
शान्तिपुर, बैशाख ३ । चारतारे युवा क्लब (सिवासी) नेपालको शाखा स्तरिय केन्द्र प्रमुख, उपप्रमुखहरुको गोष्ठी तथा लघुवित्त सम्मेलन शान्तिपुर गुल्मीमा १५ बुँदे शान्तिपुर घोषणा पत्र जारि गर्दै  सम्पन्न भएको छ । "श्रम गरौ, उद्यमी बनौ" भन्ने मूल नाराका साथ सम्पन्न उक्त सम्मेलन पूर्व सयौँको संख्यामा उपस्थित महिलाहरुले "बैदेशिक रोजगार चाहिँदैन, युवा बेच्न पाइदैन", "कसैको भर नपरौ, बचत गरौँ", "सामाजिक एकता आजको आवश्यकता", "महिला हिंसा अन्त्य गरौ, छोरा छोरी बराबरी" जस्ता नारा लेखिएका प्यलेकार्ड बोकेर नारा लगाउँदै शान्तिपुर बजार परिक्रमा गरेका थिए । सो र्‍यालीपछि शुरु भएको खुल्ला शत्रको अध्यक्षता शान्तिपुर शाखा निर्देशक शुभ शाहीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा सोहि सस्थाका संरक्षक तथा बरिष्ठ अधिबक्ता पद्मनाथ शर्मा,अन्य अतिथिमा सँस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा, सल्लाहकार इन्द्रराज पौडेल रहनु भएको थियो ।

सँस्थाकी सह-सचिब गण्डकी थापा (अधिकारि)ले संचालन गर्नुभएको कार्यक्रममा शाखाको बार्षिक प्रतिबेदन शाखा प्रमुख सुनिता पुनले प्रस्तुत गर्नु भएको थियो । महिला लक्षित कार्यक्रमहरु त बित्तिय कारोबार गर्दै आएको सँस्था अहिले बिसौँ बर्ष  पार गरेको छ र सँस्थाले बित्तिय कारोबार शुरु गरेको पनि १२ बर्ष पुगेको छ । बाग्लुङ्ग जिल्लाबाट शुरु गरिएको सो सँस्थाको कार्य क्षेत्र हाल बाग्लुङ्ग सहित गुल्मी, लम्जुङ्ग, पाल्पा, तनँहु र अर्घाखाँची गरी पश्चिम नेपालका ६ जिल्लामा बिस्तार गरेको छ ।

सँस्थामा आबद्द महिलाको संख्या करीब २५००० पुगेको छ भने कर्मचारी ८५ जना रहेका छन् । केहि नहुने महिलाहरुलाई पनि बिना धितो कर्जा दिएको सो सँस्थाले निम्न आयस्रोत भएका महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ महिला सशक्तिकरण, महिला स्वास्थ्य आदि बिषयमा पनि महिलालाई शिक्षा दिँदै आइ रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग