Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्याम्पसमा विद्यार्थीद्धारा अनिश्चितकालिन तालाबन्दी

Published on 2:42:00 AM //

कविता घर्ती मगर
बाग्लुङ, जेठ २६ । बुर्तिबाङको निसीभुजी जनता क्याम्पसमा विद्यार्थीहरुले क्याम्पसमा भवन अभावका कारण विद्यार्थीहरुको पढाई प्रभावित भएको भन्दै तालाबन्दी गरेका छन् । पहिलो चरणको आन्दोलन अन्तर्गत गत २१ गते सहायक क्याम्पस प्रमुखमार्फत भवन निर्माणको काम तत्काल थाल्न पाँचदिने अल्टिमेटम सहितको निवेदन बुझाएका विद्यार्थीहरुले आफूहरुको मागप्रति सम्बन्धित निकाय मौन रहेकोले उनिहरुले विज्ञप्ती जारी गर्दै अनिश्चितकालीनका लागी तालाबन्दी समनेत गरेका छन् ।
कक्षाकोठाको थप व्यवस्थापनका लागि गत एक बर्षअघिदेखि निर्माण थालिएको क्याम्पसको अर्को भवन पनि आर्थिक अभावका कारण अलपत्र अबस्थामा रहेको छ । तर उनीहरुले दिएको समयमा मागहरु संबोधन नगरिएको भन्दै तत्काल आफूहरुलाई विकल्प दिई पठनपाठनमा व्यवस्थापन हुनुपर्ने माग राख्दै एक विज्ञप्ति जारि गरी आफ्ना मागहरु सुनुवाई नहुन्जेलसम्म क्याम्पस बन्द गरिएको बताएका छन् ।
यस क्याम्पसमा भवन अभावका कारण केही विद्यार्थीहरु गंगा प्राविको भवन र केही विद्यार्थीहरु स्थानिय व्यक्तिहरुको निजी घरमा बसेर पढ्दै आएका छन् भने भवन अभावकै कारण विए, विएड तेस्रो बर्षको पढाई अझैसम्म सञ्चालन हुन सकेको छैन् । उक्त क्याम्पसका शिक्षकहरुपनि लामो समयसम्म तलव नपाएको गुनासो गरेका छन्  ।
लामो समयदेखि काठमान्डौंमा रहेका क्याम्पस प्रमुख ऋषिराम शर्माले समेत विद्यालयको सबैपक्ष कमजोर हुँदापनि विद्यालय प्रशासनले चासो नदेखाएपछि आफूपनि प्रशासन विरुद्ध आन्दोलनमा रहेको बताउनुभयो ।
भवन अभावकै कारण उत्तरगंगा उच्चमाविको भवनमा पढाई सञ्चालन गर्दै आएको यस क्याम्पस केही समयअघिमात्र दुई कोठे भवन निर्माण गरेपछि आफ्नै भवनमा सरेको थियो । यसरी विद्यार्थीले तालावन्दी गरेपछि अवको निकास के होला भनी हामीले क्याम्पस व्यवस्थापन समितिका अध्यक्षलाई बुझ्दा आर्थिक अभावका कारण यस्तो समस्या आएको बताउँदै आफु अहिले काठमाण्डौ यसै कामका लागि हिँडिरहेको बताउँदै तत्काल बुर्तिबाङ आएर समस्याको समाधान गर्न तर्फ लाग्ने बताउनु भएको छ । शर्माका अनुसार हाल निर्माणाधिन अवस्थामा रहेको भवन जिल्ला विकास समितिका तर्फबाट ५ लाख रकम विनियोजन गरिएको भएपनि उपलब्ध नगराइएका कारण सम्पन्न गर्न नसकिएकोले तत्काल पहल गरि भवन निर्माण गरिने भनाई रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग