Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुर्घा पनि अब खुल्ला दिसामुक्त क्षेत्र (फोटो फिचर)

Published on 2:53:00 AM //

पि.एम.मगर
गुल्मी, जेष्ठ २६ गते ।  गुल्मीको कुर्घा गाविसलाई आज एक कार्यक्रमका विच खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । जिल्लाको १३ औँ गाविसको रुपमा त्यस गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गर्दै सभाका प्रमुख अतिथि खानेपानी तथा सरसफाई कार्यालय गुल्मीका प्रमुख नारायणप्रसाद काफ्लेले गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्न पाउँदा आफु निक्कै हर्षित भएको वताउँदै यस अभियानमा लाग्ने र अभियान सफल वनाउन पुर्ण सहयोग गर्ने सवै गाविसवासीलाई धन्यवाद समेत दिनुभयो ।
 सन २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त देश वनाउने अभियान अनुसार कुर्घा गाविसलाई पनि खुल्ला दिसामुक्त गाविस घोषणा गर्न पाउँदा आफु अत्यन्तै खुशी भएको वताउँदै उहाँले यस घोषणाले अन्य गाविसलाई पनि शिक्षा प्रदान गर्ने दावी गर्नुभयो । प्रमुख अतिथि काफ्लेले रोगको प्रमुख कारक तत्व दुषित पानी भएको वताउँदै खानेपानीलाई दुषित हुनवाट जोगाउनका लागि शौचालयको अपरिहार्य भएको र यसको पुर्ण रुपमा कार्यान्वयनमा ल्याउन समेत गाविसवासीलाई आग्रह गर्नुभयो । उहाँले खुल्ला दिसा नरकको भिसा भन्ने उखानलाई मनन गरेर सधै सरसफाईमा ध्यान दिन समेत आग्रह गर्नुभयो । सोही अवसरमा उहाँले धार्मिक क्षेत्र मालिकामा पनि सार्वजनिक शौचालयको लागि पहल भईरहेको जानकारी दिनुभयो ।
 घोषणा सभामा एकीकृत नेकपा माओवादीका युवराज के.सी., नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठ, एमालेका टोमलाल पाण्डेय, नेकपा माओवादीका चुरामणी वली, राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने, राप्रपाका मिना घर्ति, नेपाल पत्रकार महासंघ नवराज भुसाल, गाविसका पुर्व अध्यक्ष झविराम शर्मा, त्रिभुवन उच्च माध्यमिक विद्यालयका  सहायक प्राचार्य चुरावहादुुर छन्त्याल लगायतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले खुल्ला दिसामुक्त गाविस घोषणा गर्नु उत्तिकै चुनौतिपुर्ण कार्य भएको वताउँदै घोषणापछि यसलाई सार्थकता दिलाउन तथा पुर्णतया लागु गर्न एवं निरन्तरता दिन आग्रह समेत गरेका थिए ।
 घोषणा सभामा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत विनोद मरासिनी, योजना अनुगमन अधिकृत खड्गवहादुर थापा, सामुदायिक विद्युत उपभोक्ता महासंघ केन्द्रीय सदस्य कमला शर्मा, रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, शिव सुवेदी लगायतको पनि विशेष आतिथ्यता रहेको थियो । गाविस सचिव सुर्यवहादृुर सोमैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खुल्ला दिसामुक्त गाउँ कार्य समिति अध्यक्ष कृष्णवहादुर विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन समितिका सचिव एवं त्रिभुवन उच्च माध्यमिक विद्यालयका शिक्षक दधिराम शर्माले गर्नुभएको थियो । कुर्घा गाविसमा ६ सय ५० घरधुरी रहेको र सवै घरधुरीमा शौचालय निर्माण भएपछि गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको समितिका सचिव शर्माले जानकारी दिनुभयो ।
 गुल्मीको वामी गाविस वार्ड नं. ४ स्थित सचेतना केन्दले गाविसका दलित समुदायहरुलाई पशु चौपायाँहरुमा लाग्ने रोगसम्वन्धी एक दिने सचेतना तािलम दिएको छ । तालिममा पशु तथा चौपायाँमा लाग्ने रोगको वर्गिकरण, पाचन प्रणाली, स्नायु, भाईरस, आन्तरिक तथा वाह्य परजीवि र प्रजनन प्रणाली, मुत्र प्रणाली लगायत विभिन्न भागमा संक्रमण हुने रोगहरुको विषयमा जानकारी गराईएको थियो । तालिमको ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता लोकप्रसाद छन्त्यालले सहजीकरण गर्नुभएको थियो । यस अघि पनि सचेतना केन्द्रद्धारा जनस्वास्थ्य, एचाआईभी, घरेलु तथा महिला हिँसा, कृषी, जनसंख्या  जस्ता २६ वटा विषयमा सचेतना तालिम सम्पन्न भैसकेको साथै यसै संवन्धि १० विषयमा छलफल गरिसकेको सामाजिक परिचालक गंगा रायमाझीले जनाकारी दिनुभयो । आजको सचेतना तालिममा ४९ जना दलित महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।

माथिका सम्पूर्ण तस्बिरहरु गुल्मीन्युज सहयोगी ज्ञानु सापकोटाले खिच्नुभएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग