Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक महिनादेखी बिजुली नहुँदा दैनिक २५० लिटर दुध खेर

Published on 8:28:00 PM //

सीता भण्डारी
गुल्मी,२६ जेठ । विगत एक महिनादेखी अवरुद्ध गुल्मीको मानकोट क्षेत्रको विद्युत सेवा अझै सञ्चालनमा आउन सकेको छैन । मानकोटमा रहेको विद्युतको ट्रान्सफरमर विग्रिएर सेवा अवरुद्ध वनेपछि स्थानीयवासी अन्धकारमा वस्न वाध्य भएका छन् । विद्युत अवरुद्ध हुँदा खज्र्याङ्ग गाविसको वार्ड नं. ४ र ५ का २ सय ५० घरधुरीका उपभोक्ताहरु प्रभावित वनेका हुन् । त्यस्तै विद्युतका कारण खज्र्याङ्ग वजारमा सञ्चालित दुग्ध सहकारी संस्था समेत प्रभावित वनेको छ । संस्थामा दैनिक २ सय ५० लिटर दूध खेर गईरहेको सञ्चालक विष्णुमान श्रेष्ठले जानकारी दिनुभयो । सहकारी संस्थामा अहिले ५५ जना कृषकहरु आवद्ध छन् । विद्युत अभावका कारण दैनिक दूध खेर जान थालेपछि कृषकहरु निराश वनेका छन् । विद्युत अवरुद्ध भएको एक महिना वितिसक्दा पनि विद्युत प्राधिकरण गुल्मीले सो समस्या समाधानका लागि कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । विद्युत सञ्चालनका लागि भन्दै दुई तीन पटक जिल्ला प्राधिकरणमा डेलिगशन गएपनि कुनै सुनुवाई नै नभएको संस्थाका पुर्व अध्यक्ष दालप्रसाद पन्थीले वताउनुभयो । उपाभोक्ताहरुले जिल्ला प्रशासन कार्यालयमा समेत विद्युतको समस्याका विषयमा जानकारी गराएका थिए । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग