Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उत्कृष्ट कृषकहरु सम्मानित

Published on 4:05:00 AM //

पि.एम.मगर
गुल्मी, असार ९ गते । जैसीथोक प्राङ्गरिक कृषी सहकारी संस्था लिमिटेड गुल्मीको आयोजनामा गाविसमा पशुपालन, तरकारी खेती तथा मसला खेती गर्ने उत्कृष्ट कृषकहरुलाई आज एक कार्यक्रमका विच सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा तरकारी तथा पशुपालन व्यवसायतर्फ जैसीथोक गाविस ९ का चेतनारायण पोखरेल, मसला खेतीतर्फ वार्ड नं. ५ का टङ्कप्रसाद पोखरेल, वार्ड नं. ६ का नन्दराम पोखरेल सोही ठाउँकै कृष्ण थापा, वाख्रा पालनतर्फ वार्ड नं. ८ झमानसिँह राना, तरकारी खेतीतर्फ वार्ड नं. ३ का विरवहादुर कुवँर, वार्ड नं. ९ का केशव पोखरेल, सोही ठाउँका पदमवहादुर खत्री, पुर्ण प्रसाद पोखरेल, वावुराम पोखरेल र भेषराज पोखरेल, मसला र तरकारीतर्फ वार्ड नं. ६ का खुमवहादुर कुवँर रहनुभएको छ । सम्मानित हुनेहरुलाई खादा ओडाएर प्रशंसा पत्र र नगदद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. हरिवहादुर कुवँरले कृषी तथा पशुपालन क्षेत्रमा जैसीथोक गाविसले उदहारणीय काम गर्दै आएको र यसलाई अझ वढवा दिई व्यवसायिक रुपमै लाग्न आग्रह गर्नुभयो । साथै उहाँले कार्यालयले दिने सेवा सुविधामा जैसीथोक गाविसलाई प्राथमिकता दिने वताउनुभयो । कार्यक्रममा पुर्व संसद टंकप्रसाद पोखरेल, पशु सेवा केन्द्र धुर्कोटका श्यामवहादुर कार्की, गाविस सचिव डिल्लीराज आचार्य, समाजसेवी भुपाल पोखरेल, सहकर्मी अर्जुन भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका अध्यक्ष विरवहादुर कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन लक्ष्मण पोखरेलले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग