Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपल्लो तम्घास माविमा नेपाली सांकेतिक भाषा तालिम शुरु

Published on 4:55:00 PM //

संगिता कुवँर
गुल्मी, जेठ २८ । उपल्लो तम्घास माध्यामिक विद्यालय गुल्मीमा नेपाली सांकेतिक भाषा तालिम आजदेखि शुरु भएको छ । शिक्षा मन्त्रालय तथा जिल्ला शिक्षा कार्यालय गुल्मीको आयोजनामा शुरु भएको तालिममा १० जना शिक्षकहरुको सहभागिता रहेको छ । कान नसुन्ने विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा सांकेतिक भाषा तालिम लिएका शिक्षक दुईजना मात्रै हुँदा अध्यापनमा समस्या भएपछि तालिमको आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रामवहादुर वस्नेतले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्रोतकक्ष व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन कार्यक्रममा विद्यालय निरीक्षक पिताम्वर पन्थीको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा जिल्ला लेखाजोखा केन्द्रका संयोजक उमानाथ पन्थी, सहायक प्रधानाध्यापक रामवहादुर वस्नेत लगायतले मन्तव्य राख्नुभएको थियो । स्रोत शिक्षक राममणि पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्रोत शिक्षक विष्णु पन्थीले गर्नुभएको शिक्षक मोहन पौड्यालले जानकारी दिनुभयो । तालिमको विष्णु प्रसाद पन्थी र राममणि पन्थीले सहजीकरण गर्नुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग