Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनापछि भगाइएको जिप पक्राउ

Published on 4:58:00 PM //

काठमाडौ, जेष्ठ २७ - पैदलयात्रीलाई ठक्कर दिएपछि  बेपत्ता भएको सेतो जिपलाई ट्राफिक प्रहरीले चौबिस घण्टाभित्रै नियन्त्रणमा लिन सफल भएको छ ।
नम्बर नखुलेको सोतो रङको जिपले शनिबार गुल्मी धुर्कोट स्थायी घर भई काठमाडौँ विशालनगर बस्दै आएका १९ वर्षीय त्रिलोचन थापालाई सीतापाइलामा ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारको क्रममा कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल तत्कालै मृत्यु भएको थियो ।
दुर्घटनालगत्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेषज्ञसहितको टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो ।
घटनास्थल नजिक बरामद भएको चक्काको खोलका आधारमा दुर्घटना गराउने जिप महेन्द्रा भएको निष्कर्षमा अनुसन्धान टोली पुगेको थियो । काठमाडौँ कुलेश्वरस्थित कार पार्टस्को ग्यारेजमा लुकाइराखिएको अवस्थामा जिप फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पवन गिरीले जानकारी दिए ।
दुर्घटनापछि फरार भएको २४ घण्टा नपुग्दै अनुसन्धान टोलीले सवारीसाधन र त्यसका धनी सैयद नसिद साहलाई नियन्त्रणमा लिएको हो । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग