Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्थानिय युवाहरुको पहलमा रुरु खेल मैदानको टटबन्धन गरीने

Published on 10:51:00 AM //

रुरु नेटवर्क
रिडी, आषाढ१३। रिडी खोलाको तिब्र कटानका कारण रुरुक्षेत्र खेलमैदान संकटमा पर्न थाले पछी रिडीका स्थानिय युवाहरुको पहलमा खेलमैदानको आसपासमा टटबन्धन गरिने भएको छ । टटबन्धनका लागि रुरु गाबिसले १ लाख २० हजार रुपैँया दिने भएपछी रामलाल बिकको अध्यक्षतामा ९ सदस्यीय रिडी खोला टटबन्धन उपभोक्ता समितीको गठन गरीएको छ । समितीको उपाध्यक्षमा यम नारायण भण्डारी र सचिबमा सुन्दर कसजू रहनु भएको छ भने कोषाध्यक्षमा धना राना रहनुभएको छ । समितीले सो सहयोग रकमका लागि आज रुरु गाबिस सँग सम्झौत गर्दैछ । त्यसैगरी यो योजना कार्यान्वयनका लागि स्थानिय तहमा श्रमदान पनि गरिने भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग