Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकले कुट्दा विधार्थीको दाँतै भाँचीयो

Published on 4:15:00 AM //

सीता भण्डारी
गुल्मी, १४ असार । गुल्मीको हाडहाडेमा रहेको निन्यूखर्क माध्यमिक विद्यालयका शिक्षकले एक विद्यार्थीलाई भौतिक कारवाही गरी गम्भिर घाईते बनाएको भन्दै विद्यालयको पुर्व विद्यार्थी मञ्चले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विद्यार्थीलाई शिक्षकले अङ्गभङ्ग हुने गरी कारवाही गर्न कुनै शिक्षा नीति र नैतिकताले दिँदैन भन्दै पुर्व विद्यार्थी मञ्च, काठमाण्डौले गएको असार ९ गते आईतवारका दिन विद्यार्थी सीता विश्वकर्मालाई शिक्षक कृष्ण कुवँरले भौतिक कारवाही गरी गम्भिर घाईते वनाएको घटनाप्रति एक प्रेस विज्ञप्ती जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संयोजक कृष्ण विष्ट र सहसंयोजक श्यामकुमार विश्वकर्माद्धारा जारी विज्ञप्तीमा घाईते छात्राको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अमर्यादित तथा शिक्षा नीति विपरीत कार्य गर्ने शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले तत्कालै वरखास्त गरी पीडित छात्रालाई क्षतिपुर्तिसहित नि:शुल्क औषधी उपचार गर्न माग समेत गरिएको छ । विज्ञप्ती अनुसार घाईते छात्राको भैरहवामा उपचार भएको छ । यता विधालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र सुनारले पहिले घाईतेको उपचारलाई प्राथमिकता दिईएकोले अव कुटपिट गर्ने शिक्षकलाई कारवाहीकालगि विधालय समक्ष कुरा रख्ने वताउनुभएको छ । यता विधार्थीले भने बिद्यालय ब्यवस्थापनले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् ।
सहपाठीलाई सिकाई दिएको निहुँमा कुटििपट गर्दा विधार्थी सीता विकको दात भाँचिनुकासाथै टाउकोमा समेत चोट लागेको वताईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग