Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्थानिय निकायमा जाने रकम लक्षित समुदाय भन्दा बाहिर खर्चिएको खुलासा

Published on 3:24:00 AM //

गगनशिला खड्का
गुल्मी, १२ असार ।  स्थानीय स्तरमा सञ्चालन गरिएका विकास निर्माणका आयोजनाहरु पारदर्शी नहुने गरेको स्थानीयले बताएका छन । उनिहरुले स्थानीय स्तरमा सञ्चालन भईरहेका आयोजनाहरुमा जनताको प्रत्यक्ष सहभागीता नहुने यहाँका वासिन्दाले बताएका हुन । स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहयोगमा एकिकृत विकास समाज गुल्मीले जिल्लाका ५ गाविसमा सञ्चालन गरेको सार्वजनिक बहस कार्यक्रममा सहभागी स्थानीयले यस्तो बताएका हुन ।
सार्वजनिक सुनुवाईमा गुनासो राख्दै सर्वसाधारण । तस्बिर: गगनशिला खड्का
गाविसमा जाने रकम लक्षित बर्ग सम्म पुगको  छ की छैन,ठिक ठाउँमा सही तरीकाले परिचालन भएको छ कि छैन भन्ने जानकारी गराउनका लागि यस्ता कार्यक्रमको आवश्यकक्ता पर्नै स्थानीयको माग छ । सार्वजनिक बहसका क्रममा अधिकांश गाविसमा विकासका लागि विनियोजन गरिएको रकम मोटरबाटोमा खर्चिने गरिएको रहस्य खुलेको छ ।  लक्षित वर्गलाई प्रदान गरिएको बजेट सम्म उक्त समुहलाई नदिई मोटरवाटोमा खर्च गरिएको रहस्य खुलेको हो ।
जिल्लाका नेटा, अमरअर्बाथोक, दरबारदेबीस्थान, पराल्मी र तुराङ्ग गाविसमा सञ्चालन गरिएको सार्वजनिक बहसमा स्थानियले गाउँ परिषदमा समेत लक्षित समुदायको सहभागिता नगराई मनोमानी रुपमा बजेट बिनियोज गर्ने गरेको गुनासो पोखेका थिए । सार्वजनिक बहसमा मात्र महिलाका लागि बजेट विनियोजन गरिएको त्यो पनि मोटरबाटोमा भन्ने सुन्दा आँफैलाई अचम्म लागेको तुराङ्ग गाविसकी तारा बस्नेतले बताईन् । उनले भनिन्“महिलाका लागि छुट्टिएको रकम किन महिलालाई नै खवर नगरी बाटोमा खर्च गरियो ? यो प्रश्न म गाविस सचिबलाई सोध्न चाहन्छु । ”उनले महिलालाई गाउँ परिषदमै सहभागी गराईने नगरिएको गुनासो गरिन ।
यस्तै तुराङ्गकै सिता रजालीले महिलाको रकम मोटरबाटोमा खर्च गरियो भने पनि आफ्नो टोलमा सामान्य मान्छे हिड्ने गोरेटो बाटो समेत नभएको बताईन् । उनले लक्षित समुदायको रकम उक्त समुदायलाई खवर नै नगरी दुई चार जनाको मिलेमतोमा विनियोज गर्ने गरिएको बताईन् । बहसका क्रममा जिल्लाका अधिकांश गाविसले गाविस स्तरीय अनुमगन समिति समेत गठन नगरेको रहस्य सार्वजनिक भएको छ । अमरअर्वाथोक गाविसमा अहिले सम्म योजना निर्माण अनुमगन समिति र गाविस स्तरीय अनुगमन समिति गठन नगरिएको गाविस सचिब कृष्ण प्रसाद अर्यालले स्वीकार गरे ।
सार्वजनिक बहसका क्रममा अमरअर्वाथोक गाविसकी लक्ष्मी श्रष्ठले महिलाको बजेट कति आउँछ र त्यो बजेट कहाँ छ ? भनि गाविस सचिब अर्याललाई सोधेको प्रश्नमा उनले गाविसमा १० प्रतिशत महिलाका लागि आउने र अमरअर्वाथोक गाविसमा आएको रकम मोटरबाटोमा लगानी गरिएको गैर जिम्मेवारी पुर्ण जबाफ फर्काए ।
स्थानिय निकायमा जाने रकम महिलाको मात्रै दुरुपयोग हुने गरेको होइन अपाङ्ग,दलित,जनजाती,बालबालिका,सिमान्तकृत समुदाय लगाएत अधिकांश बजेट लक्षित समुदायमा खर्चिने गरेको पाईदैन । गाविस स्तरीय सार्वजनिक बहसको समयमा कतिपय लक्षित समुदायकोे रकम अहिले सम्म पनि गाविसकै खातामा रहेको अर्को रहस्य खुलेको छ । अमरअर्वाथोक गाविसमा लक्षित समुदायका लागि विनियोजन गरिएको रकम मध्ये ४० हजार रुपैयाँ अपाङ्ग व्यक्तीहरुको अहिले सम्म पनि गाविसकै खातामा रहेको अर्यालले जानकारी गराए ।
अपाङ्गगता भएका जग बहादुर विश्वकर्माले अपाङ्गगता भएका व्यक्तीहरुको बजेटका विषयमा आफुलाई जानकारी नभएको बताए । उनले भनेको “हाम्रो रकम गाविसमा कति आउँछ र त्यो कहाँ छ हामीलाई थाहा छैन,गाविस सचिबलाई सोध्दा तिमिहरुले प्रपोजल ल्याएर आउ अनि मात्र दिन्छु भन्नुहुन्छ के हो त्यो प्रपोजल हामीलाई केही थाहा नै र्छैन उनले भने ।”
सरकारले विकास निर्माण,सामाजिक सुरक्षा,महिला,आदीवासी,जनजातीलाई प्रदान गेरको रकम सदुपयोगको अवस्था बुझ्न सार्वजनिक बहस सञ्चालन गरिएको एकिकृत विकास समाज गुल्मीका उपाध्यक्ष हिरा एसीले बताए । उनले आफुहरुले सार्वजनिक बहस सञ्चालन गरेका पाँच गाविसमा अधिकांश लक्षित समुदायको रकम अन्य काममै खर्च गरिएको पाईएको बताए । संस्थाका अध्यक्ष गणेश श्रीपालीले गुल्मी जिल्लाका कुनै पनि गाविसले गाउँ परिषदमा स्थानियको सहभागीता नगराउने गरेको,गाविसमा विनियोजित योजना र रकम स्थानियको भेला,सञ्चार माध्यमबाट प्रशारण वा प्रकाशित गरी सार्वजनिक गर्ने नगरिएको पनि पाईएको बताए । उनले आगामी दिनमा यस्ता खालका सार्वजनिक बहस जुन जवाफदेही निकायको समेत सहभागिता हुने गरी गुल्मी जिल्लामा मात्र नभई देशैभर गर्न जरुरी देखिएको बताए । श्रीपालीले त्यसो नगर्ने हो भने स्थानिय निकायमा लगानी गर्नुको कुनै औचित्य नभएको भन्दै त्यस्तो रकम केवल पालुवामा पानी खन्याए जस्तै हुने बताए । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग