Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्थानीयको सक्रियतामा गाँऊमा विजुली

Published on 2:28:00 AM //

बिजय सिङ भारती
प्युठान, ४ असार । गुल्मीको भनभने गाविस वडा नं. १ बाँसडाँडा र पोखरी र हाडहाडे ९ चोरीपाटामा विद्युतिकरण कार्य सम्पन्न भएको छ । स्थानीयको सक्रियतामा ५५ घरधुरीमा विद्युतीकरण सम्पन्न भएको हो । विद्युतिकरणका लागि स्थानीयले प्रति घरकुरिया १८ हजार नगद सहयोग गरेका थिए । गाविसको अनुदान डेढलाख, सामुदायिक वनको एक लाख र अन्य चन्दा संकलन गरी कुल ९ लाख पचास हजारको लागतमा विद्युतिकरण सम्पन्न भएको स्थानीय ताराप्रसाद घिमिरेले बताउनुभयो । अर्घाखाँचीको हंसपुर ४ स्थित ट्रान्समिटरबाट गाँऊमा विद्युत पु¥याइएको हो ।
शनिवारदेखि निरन्तर परिरहेको वर्षाले प्यूठानको जनजिवन प्रभावित भएको छ । तीनदेखि देखि परेको अविरल वर्षाका कारण जनजिवन अस्तव्यक्त भएको छ । निरन्तरको वर्षाले फोप्ली गाविसको लुप्लुङ गाँऊ जोखिममा परेको छ । धर्मावती–माझकोट–फोप्ली–मैरामारे ग्रामिण सडक खण्डमा पहिरो जाँदा ९ घर विस्थापित भैसकेका छन् भने दुई गोठ पुरिएका छन् ।
यसैगरी गएरातिदेखि फोप्ली–२ का झकबहादुर विक, खेतुलाल विक, रेमलाल विक, पिंकु विक, लक्ष्मण भण्डारी, गर्भे विक, केशव विकका घरपरिवार विस्तापित भएका छन् । स्थानीय गोपाल विक र लक्ष्मण विकको गोठ पुरिएको छ । पानी कै कारण फोल्ली–९ मैरामारेका रिमा घर्तिको घर फत्कीएको छ । घर भित्रका सामान आफन्तकोमा लैजाने कार्य भैरहेको स्थानीय शोभाराम भण्डारीले बताए ।
एस्काभेटरले खनिएको मोटरबाटोको माटो खस्दाँ बाटो मुनीका घरहरु जोखिमा परेका हुन् । प्रहरीको सहयोगमा स्थानीयले उद्धार गरिरहेका छन् । पानी परिरहेकाले उद्धारमा कठिनाई भएको प्यूठान प्रहरी प्रमुख इश्वर कार्कीले बताए । पीडित ७ घर परिवारलाई आज (मंगलबार) जिल्ला प्रशासन कार्यालयले २, २ हजारका दरले नगद र रेडक्रस सासाइटी प्यूठानले लत्ताकपडा तथा भाँडा कुडा सहयोग प्रदान गरेको छ ।
अविरल वर्षाका कारण भिंगृ स्वर्गद्धारी सडक अवरुद्ध भएको छ । खलंगा अर्घाखाँची जोड्ने सडक, बाग्दुला–मच्छी गुल्मी जोड्ने सडक खण्ड अवरुद्ध छ भने जिल्लाका अधिकांस ग्रामिण सडक अवरुद्ध छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग