Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

५ दिनदेखिको बर्षाले बिभिन्न स्थानमा क्षती, १ को ज्यान गयो

Published on 11:02:00 AM //

शिबलाल सुबेदी
गुल्मी, ४ असार । लगातार ५ दिनदेखि परेको अविरल बर्षाले गुल्मीका बिभिन्न स्थानमा क्षती पुराएको छ ।
बर्षाका कारण जिल्लाका ग्रामिण क्षेत्रमा जाने सबै सडकहरु अवरुद्ध भएका छन । ५ दिनदेखि लगातार बर्षा भएकाले जिल्लाका बिभिन्न गाविसहरुमा बिद्यालय तथा घरहरुमा क्षती भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । बर्षासँगै माथीबाट आएको पहिरोले जिल्लाको सदरमुकाम तम्घास ५ का खगेन्द्र बिकको घर पुरेको छ त्यसैगरी सिमीचौर गाविस २ का बेद बहादुर दर्जीको घर पुरेको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यस्तै धुर्कोट रजस्थलको धुर माध्यमिक बिद्यालयको समेत २ कोठा पहिरोले पुरेको छ ।
यता बढीघाट खोलाले बगाएर १ जनाको ज्यान गएको छ । ५ दिनदेखि परेको अविरल बर्षाका कारण खोलाको सतह बढेकाले बम्घा २ की झमकली माझीलाई बढीघाट खोलाले बगाएको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग