Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोबाईल चार्ज गर्न पनि बिजुली छैन, सिडियो सहितको टोली बिजुली माग्दै काठमाण्डौमा डेलिगेशन

Published on 2:35:00 AM //

घनश्याम गौतम
गुल्मी, ४ असार । आइतवार राती देखि अवरुद्ध भएको विद्युत सुचारु हुन नसक्दा गुल्मी र पाल्पाको जनजिवन प्रभावित भएको छ । विद्युत अवरुद्ध हुँदा गुल्मी संचार विहिन बनेको छ ।

प्राधिकरण प्रमुख नवलकिशोर गोईतका अनुसार पाल्पाले विद्युतमा भएको फल्ट पत्ता लगाउन नसक्दा विद्युत नियमित हुन नसकेको हो । पाल्पाको झुम्सा देखि नयाँपाटीसम्म लाईन फल्ट देखिएको र पानी परिरहेको र ठुलो जंगल भएकाले मर्मत हुन नसकेको गोईतले जानकारी दिनुभयो । बुधवार दिउँसोसम्ममा विद्युत सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ । विद्युत नहुँदा देशभर भएको बाडीपहिरोको प्रभावका बारेमा समेत जिल्ला बेखबर बनेको छ । लगातार लामो समयसम्म विद्युत नभएपछि सर्वसाधरणले मोवाईल चार्ज गर्न समेत पाएका छैनन् । त्यस्तै संचार माध्यमहरु समेत नियमित संचालन हुन सकेका छैनन् । बुटवल देखि पाल्पा हुँदै गुल्मीसम्मको लामो प्रशारण लाईन भएकाले जिल्लाबासीले पटक पटक लामो समय विद्युत अवरुद्ध हुने समस्या भोग्दै आएका छन् ।
नियमित विद्युत आपूर्तिको माग गर्दै जेठ अन्तिम साता सर्वसाधरण सहित उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, स्थानीय संचारमाध्यमहरु र जिल्लाका विभिन्न क्लबहरुले आन्दोलन नै  गरेका थिए । जिल्लाको विद्युत समस्याको समाधानका लागि प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालको संयोजकत्वमा राजनीतिक दल, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ लगायतको टोली काठमाण्डौमा डेलिगेशन गएको छ । टोलीले विद्युतको दिर्घकालिन समस्या समाधानका लागि पहल गर्न बुधवार सरकारका मुख्य सचिव लिलामणी पौडेललाई भेट्ने कार्यक्रम रहेको टोली संयोजक कबिन्द्र नेपालले बताउनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग