Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हुम्लामा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना (भिडियो समाचार सहित)

Published on 7:28:00 PM //

हुम्लाको तिब्बती सीमा हिल्साबाट सदरमुकाम सिमिकोटका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर मुचु गाविसको कर्णाली नदी किनारामा दिउँसो ४ बजेर २५ मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिल्साबाट कैलाश र मानसरोवर तीर्थयात्राबाट फर्केका तीर्थयात्री लिएर हेलिकप्टर फर्कंदै थियो ।

हेलिकप्टरमा चालक दलका दुईसहित ६ जना यात्रु थिए जसमा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान लोकेन्द्र केसीले सेतोपाटीलाई बताए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
भिडियो समाचार हेर्न तल क्लिक गर्नुहोला । 




भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग