Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एस.एल.सी उत्तिर्णहरुलाई वधाई एवं शुभकामना

Published on 2:43:00 PM //

अशोक गौतम
वुटवल, असार ७ । तिलोत्तमा माध्यमिक बिद्यालय वुटवलले २०६९ सालको प्रेवेशिका परिक्षामा उत्तिर्ण हुन सफल विधार्थीहरुलाई एक समारोहका विच वधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समितीका सदस्य सम्भलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विधार्थीहरुलाई अविर, माला तथा खादा ओढाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा सफल विधार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष अमृत भण्डारी, विधालय व्यवस्थापन समितीका सदस्य निर्मल आचार्य, ढाकाराम भण्डारी, शिक्षक यज्ञलाल सापकोटा लगायतले वधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
यसै विच सोही विधालयले आफ्नो नियमित साप्ताहिक कार्यक्रम अन्तर्गत अन्तरसदनात्मक लोकगित प्रतियोगीता पनि सम्पन्न गरेको छ । विश्व संगित दिवशको अवसर पारी गरिएको उक्त कार्यक्रममा चन्द्रकला न्यौपाने प्रथम, गोमासरा पचभैया मगर द्वितिय र शर्मिला रायमाझी तृतिय भएका छन भने राधा अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन । विधालयका सहायक प्रधानध्यापक केशव पन्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चाल विधार्थी अभिषेक पन्थीले गर्नु भएको विधालयका शिक्षक अशोक भण्डारीले जानकारी गराउनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग