Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सोलिडारिटीद्वारा मृगौला पिडित थापालाई झन्डै डेढ लाख सहयोग

Published on 2:44:00 PM //

शालीकराम आचार्य
काठमाडौं । सोलिडारिटी नेपालले गुल्मी शान्तिपुर, भुलके निवासी ३४ बर्षिय दुबै मृगौला पिडित खिम बहादुर थापा (मिठे) लाई रु.१४८,१७५ आर्थिक सहयोग गरेको छ ।
सोलिडारिटी इन्टरनेशनल अमेरिका च्यापटरका अध्यक्ष श्रीराम थापाको रोहबरमा स्थापना गरिएको जिबनरक्षा कोषमा संकलित रकम आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी हस्तानतरण गरिएको हो । सोलिडारिटी इन्टरनेशनल अमेरिका च्यापटरका सदस्यहरुबाट संकलित रु.१२५,००० र बहराइनबाट कृष्ण ब.थापा संकलित रु २३,१७५ गरि जम्मा रु. १४८,१७५ सहयोग गरिएको हो ।
गाउँ विकास समिति शान्तिपुर वडा न. १ गुल्मी जिल्लाका खिम बहादुर थापा लामो समय देखी मृगौला पिडित रहेका छन् । डाक्टरले उनको मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने बताएपछि सोलिडारिटी इन्टरनेशनलको पहलमा बिभिन्न पत्र-पत्रीका र संचारमाध्यम मार्फत सहयोगको अपिल गरिएको थियो । पिडितको आर्थिक अबस्था निकै दयनिय रहेको कारण मृगौला ट्रान्सप्लान्ट गर्नको निम्ती ठूलो रकमको आवश्यक्ता परेको हुनाले पिडित खिम बहादुर थापाको जीवनरक्षाको निम्ती आर्थिक सहयोग जिबनरक्षा कोषमा रकम सहयोग गर्नेहरु सम्पूर्णलाई धन्यवाद दिँदै अझै पनि सोलिडारिटी इन्टरनेशनलले देश विदेशबाट थप रकम संकलन कार्य जारी राख्ने सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत तथा सोलिडरिटी नेपालका अध्यक्ष राजेन्द्र गौतमले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग