Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

३ बर्ष देखी फरार अभियुक्त पक्राउ

Published on 4:23:00 AM //

अनिल खत्री
गुल्मी, असार १४ । गुल्मी खर्ज्याङ ७ स्थायी घर हुने डिल बहादुर सुनारको छोरा बर्ष २७ को गणेश बहादुर सुनारलाई गुल्मी प्रहरीले पक्रउ गरेको छ ।
मिति २०६७ सालमा तम्घासबाट बुटवल जानेक्रममा बुटवल पुगेपछि विमला पाण्डेको धनमाल सहितको झोला लुट्ने कार्यमा अन्य ३ जना सहित गणेश सुनार पनि संलग्न रहेको चोरी मुद्धामा जिल्ला अदालत रुपन्देहीले २०६७ साल माघ २४ को फैसला अनुसार ९६ हजार ३ सय २५ रुपैँया जरिवाना ठहर भएको थियो । उक्त फैसलापछि निज सुनार बुटवलस्थित वुद्धनगरमा लुकीछिपि बस्दै आएको विशेष सुत्रबाट जानकारी लिई प्रहरीले पक्राउ गरि आज गुल्मी जिल्ला अदालत समक्ष पेश गरेको छ । फरार अपराधी पक्राउ गर्ने अभियान अन्तर्गत गुल्मी प्रहरीले यस आ.ब.मा मात्र १४ जना फरार अपराधीहरुलाई पक्राउ गरिसकेको प्र.ना.उ. गुरुबिष्णु काफ्लेले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग