Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा ग्लोबल क्यापिटल इन्भेष्टमेण्ट लिमिटेडको बैठक सम्पन्न

Published on 12:16:00 AM //

लालबहादुर ढेंगा
दुबई । गत २१ जुन शुक्रबारका दिन दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा विभिन्न बिषयमाथि छलफल गर्नका लागि ग्लोबल क्यापिटल इन्भेष्टमेण्ट लिमिटेडको बैठक सम्पन्न भएको छ । यो बैठक प्रा.ली.बाट लिमिटेड भएपछिको पहिलो बैठक हो । उक्त बैठक ग्लोबल क्यापिटल इन्भेष्टमेण्ट लिमिटेडका बोर्ड संचालक कृष्ण ढकालको अध्यक्षतामा भएको थियो भने गोपाल कंडेलको संयोजकत्व र शिवराज जैसीको संचालनमा भएको थियो ।
सन् २०११ मा स्थापना भएको ग्लोबल क्यापिटल इन्भेष्टमेण्ट लिमिटेड (जिसिआइ) नेपालमा अवस्थित एउटा कम्पनी हो । नेपालमा लगानी गर्ने र नेपाली अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधार ल्याउनु सघाउनु यसको मुख्य उद्देश्य रहेको छ । सिप, श्रोत र प्रविधिको स्थानान्तरण सहज बनाउन र दिगो व्यावसाय तथा रणनीतिक साझेदारीको व्यावस्थासहित लगानीको अवसरको पहिचान गर्नमा केन्द्रित गरेको छ ।
करिब ने.रु.३ करोड रुपैयांको लगानी भैसकेको र खासगरी कृषि, गुढपाक, अर्गानी रेष्टुरेण्ट, अर्गानी मल, बिउं, रीयल स्टेट र मिनीरियल वाटरलाई प्रमुखतामा ल्याएका छन् । कम्पनी लिमिटेड भएपछिको गतिविधिहरु जानकारी दिदै अहिलेसम्म गुँदपाक, टमाटर, गाजर, लसुन, वरकाउली, काँक्रो र सलाद पत्ता नेपालको होटल तथा डिपार्टमेन्टल स्टोर्सहरुमा सप्लाई भइसकेको ग्लोबल क्यापिटलका बोर्ड संचालक कृष्ण ढकालले बताउनु भयो ।
संयोजक गोपाल कंडेलले नेपालका विभिन्न सामाजिक आर्थिक क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुको संजाल स्थापना गर्दै सामुहिक रुपले विदेशमा बस्ने नेपालीहरुको ज्ञान र व्यावस्थापकिय सिपको सदुपयोग गर्नेप्रति जोड दिएका थिए । युएईमा यसको गतिविधिलाई व्यापक रुपमा अगाडि बढाउंदै लगानीकर्ताहरुको संख्यालाई तिब्र रुपमा बढाउने जानकारी समेत दिएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग