Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल टेलिभिजनको सञ्चालक समितिमा पन्त

Published on 12:33:00 AM //

काठमाडौं, ११ असार । सरकारले पत्रकार टंक पन्तलाई नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरेको छ ।
गुल्मी बलेटक्सार स्थायी घर भएका पन्त नेपाल समाचार-पत्र दैनिकमा कार्यरत छन् । झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशील पन्तलाई सरकारले सोमबार सदस्य पदमा नियुक्त गरेको हो । उनको कार्यकाल दुई बर्षको हुने सरकारले जनाएको छ ।
यसैबीच, संसदीय मामिला पत्रकार समाजले पन्तलाई बधाई समेत दिएको छ । पत्रकार पन्त समाजका सल्लाहाकार पनि हुन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग