Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

३ दिनदेखि गुल्मी सञ्चारबिहीन

Published on 1:36:00 PM //

शिबलाल सुबेदी
गुल्मी, जेठ २३ । विद्युत अनियमितताको विरोधमा बन्द भएका गुल्मीका एफ.एम. रेडियोहरु ३ दिनसम्म पनि खुल्न सकेका छैनन । लामो समयसम्म विद्युत अनियमित हुँदा रेडियोहरु सञ्चालन गर्न नसकिएको भन्दै जिल्लामा सञ्चालित ४ वटा एफ एम रेडियोहरु मगंलवारदेखि बन्द भएका छन ।
गुल्मी कालिगण्डकी ए प्रभावित जिल्ला भएकोले लोडसेडिङ्ग मुक्त घोषणा गरीएपनि घोषणा कार्यान्वयन नगरीको र लगातार २४ घण्टा नै विद्युत अवरुद्ध हुँदा रेडियो सञ्चालन गर्न नसकिएको भन्दै एफ एफ प्रमुखहरुले मंगलबार विज्ञप्ती जारी गर्दै अनिश्चितकालका लागि प्रशारण बन्द गरेका थिए । मगंलवारदेखि जिल्ला सञ्चारकिबिहीन हुदाँ समेत पनि कुनै निकायको ध्यान जान सकेको छैन । जिल्लामा रेडियो रेसुंगा, सामुदायिक रेडियो स्काई, रुरु एफ.एम र गुल्मी एफ. एमहरुले रेडियोहरुको पहिलो प्राथमिकता जनताको सुचनाको हक स्थापित गर्नु नै भएको भएपनि प्राधिकरणको चरम लापहवाही विरुद्ध संचार माध्यमहरु बन्द गर्नु परेको प्रति दुःख ब्यक्त समेत गरेका छन । लगातारको विद्युत अनियमित र लामो समयसम्मको अवरोधले जिल्लाको व्यापार, व्यवसाय, उद्योग, कलकारखाना धरासायी भएको र सर्वसाधरणको दैनिक जिवन समेत प्रभावित भएको छ । सञ्चार माध्यमहरुको आन्दोलनमा नेकपा एमाले, नेपाल बिद्याथी सघं लोक दोहोरी प्रतिष्ठान नेपाल गुल्मी लगायत सर्वसाधारणहरुले समर्थन जुटाएका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग